९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुश्मामा पर्यटकको घुइँचो

अ+ अ-

पर्वत । पर्यटकीय पूर्वाधार निर्माण भएसँगै यहाँका विभिन्न पर्यटकीयस्थलहरुमा दसैँका बेला आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।

दसैँ मनाउनेसँगै बिदामा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो । सदरमुकाम कुश्मा विभिन्न संघसंस्थाहरुका अवलोकन भ्रमण गर्ने गन्तव्यसमेत बन्दै गएको छ । यहाँस्थित बञ्जीजम्प, लामो सुपरम्यान शैलीको जिपलाइन, मुलुककै अग्ला र लामा झोलुंगेपुलले आन्तरिक पर्यटक आकर्षित गरेको हो ।

हिउँदयाम सुरु भएसँगै अहिले पर्वत सदरमुकाममा दैनिक एक हजार बढी सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् । बिस्तारै कुश्माका पर्यटकीयस्थलमा बाह्य पर्यटक पनि आउन थालेको स्थानीय होटल व्यवसायी सुरेश केसीले जानकारी दिए । पर्यटकको आगमनले कुश्मा बजारका होटलहरु भरिभराउ छन् । 

कुश्मामा सुविधा सम्पन्न होटल थपिएका छन् । मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको पर्यटन व्यावसायी कृष्णप्रसाद श्रेष्ठले बताए । मुस्ताङ जाने पर्यटकहरू जाने र फर्किने बेलामा बास बस्न यहाँ आउने गरेको श्रेष्ठको भनाइ छ । 

उनका अनुसार चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगन्ज, बर्दिया, दाङ, बुटवल, कपिलवस्तुलगायत क्षेत्रबाट शैक्षिक तथा अवलोकन भ्रमणका लागि यहाँ धेरै आउने गरेका छन् । 

बञ्जी जम्प र जिपलाइनमा समेत एक साता अघिदेखि ‘टिकट बुकिङ’ भएको सञ्चालकको भनाइ छ । अन्य दिनभन्दा शुक्रबार र शनिबार पर्यटकको चाप बढी हुने गरेकामा दसैँमा धेरै दिन बिदा हुने भएकाले भिडभाड भएको द एडभेञ्चर रिसोर्टका सञ्चालक सुनिलसिंह बाँनियाले जानकारी दिए । यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेको द क्लिफका सञ्चालक राजु कार्कीले बताए । दैनिक एक सय भन्दा बढीले बञ्जी तथा स्विङ गर्ने गरेको, त्यसकै हाराहारीमा पिङ, रक क्लाइम्बिङ र साइक्लिङ गर्ने गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस