९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीमाटीमा तरकारी आपूर्ति हुन थालेसँगै घट्न थाल्यो भाउ

अ+ अ-

काठमाडौँ । कालीमाटी होलसेल बजारमा मंगलबार अधिकांश तरकारीको भाउ घटेको छ । दसैँका कारण आपूर्ति नहुँदा तरकारी महँगिएको थियो । विभिन्न जिल्लाबाट आपूर्ति हुन थालेसँगै मंगलबार धेरैजसो तरकारी सस्तिएको छ ।

सानो गोलभेँडा, मुला, घिउ सिमी, टाटे सिमी, लौका, परवर, चिचिन्डो, भिण्डी, बरेला, साग लगायत तरकारी भाउ अघिल्लो दिनको तुलनामा घटेको छ । लौका १८, घिरौँला ३१, चिचिन्डो २२, परवर २३, भिण्डी १९, रायो साग १२, तोरीको साग ४१ प्रतिशत सस्तिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

मंगलबार ठूलो गोलभेँडा १५०, सानो गोलभेँडा ८०, रातो आलु १००, भारतीय रातो आलु ६३, प्याज ११०, स्थानीय काउली १२०, रातो मुला ४०, लाम्चो भन्टा ८०, तने बोडी ७०, मटरकोसा २५०, घिउ सिमी ६५, टाटे सिमी ८०, तिते करेला ९०, लौका ५०, परवर ७०, घिरौँला ७०, भिण्डी अधिकतम ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

बरेला ११०, रायो साग १८०, पालुगो साग २००, तोरीको साग ९० रुपैयाँ प्रतिकिलो छ । डल्ले च्याउ ३००, कन्य च्याउ १४०, ब्रोकाउली १६० तथा कुरिलो ५५० रुपैयाँ प्रतिकिलो छ । समितिका अनुसार सोमबार कालीमाटी बजारमा सानो गोलभेँडा ३३ हजार, रातो आलु १ लाख २१ हजार, प्याज ३१ हजार, गाजर ७ हजार, स्थानीय काउली १६ हजार केजी भित्रिएको छ ।

त्यस्तै परवर ११ हजार, लौका १७ हजार, घिरौँला ८ हजार, भिण्डी २५ हजार, स्कुस १४ हजार केजी भित्रिएको छ । यीबाहेक च्याउ, साग, बरेला, मुला, बोडी, मटरकोशा पनि पर्याप्त भित्रिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस