७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल उपभोक्ता अदालत स्थापना गर्न कानून मन्त्रालयलाई सिफारिस

अ+ अ-

काठमाडौँ । तत्काल उपभोक्ता अदालत गठन गर्नका लागि उपभोक्ता संरक्षण परिषद्ले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बसेको परिषद्को बैठकले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम उपभोक्ता अदालत गठन सम्बन्धी प्रस्ताव तयार गरेर तत्काल अदालत स्थापनाका लागि प्रस्ताव पठाउन कानून मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम उपभोक्ता अदालत सम्बन्धी व्यवस्था रहेको छ । जसमा दफा ४० को उपदफा १ बमोजिम हुने मुद्दा बाहेक अन्य मुद्दाको कारबाही तथा किनारा गर्नका लागि सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर आवश्यकता अनुसार उपभोक्ता अदालत गठन गर्न सक्ने व्यवस्था छ ।

यस दफा बमोजिम गठन हुने उपभोक्ता अदालतको मुकाम तथा क्षेत्राधिकार सूचनामा तोकिए बमोजिम हुने व्यवस्था छ । उपभोक्ता अदालतमा सरकारले तोकेको सम्बन्धित जिल्लाको जिल्ला न्यायाधीश अध्यक्ष, सरकारले तोकेको एवं नेपाल न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिव सरहको अधिकृत र सरकारले नै तोकेको नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात् उपसचिव सरहको अधिकृत सदस्य रहने व्यवस्था छ ।

तर, सरकारले जिल्ला न्यायाधीशलाई अदालतको अध्यक्ष तोक्नु अघि न्याय परिषद्को र नेपाल न्याय सेवाको अधिकृतलाई अदालतको सदस्य तोक्नु अघि न्याय सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस