३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मारवाडी सेवा समितिले पशुपतिको जग्गामा आँखा लगायो : पशुपति क्षेत्र विकास कोष

अ+ अ-

काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले पशुपतिस्थित गौशाला धर्मशाला सञ्चालनको अधिकार मारवाडी सेवा समितिलाई नभएको जनाएको छ ।

मंगलबार कोषले पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगर बीच यही असोज २२ गते सहमति भई महानगरलाई व्यवस्थापनको अधिकार दिएको कोषले स्पष्ट पारेको छ । ९ रोपनी भन्दा बढी जग्गामा मारवाडी सेवा समितिले भोगचलन गर्नका लागि गिद्धे नजर लगाएको कोषले आरोप लगाएको छ ।

‘भगवान् पशुपतिनाथको जग्गा जोगाउन पशुपति विकास कोष सिंगो रूपमा उभिएको छ,’ पत्रकार सम्मेलनमा कोषका पदाधिकारीले भने। पत्रिकामा विज्ञापन प्रकाशित गर्ने र शक्तिकेन्द्रमा धाएर मोही कायम हुन नसक्ने कोषले दाबी गरेको छ । शटर भाडामा लगाउन अधिकार मारवाडी सेवा समितिलाई नभए पनि भाडामा लगाइएको कोषले जनाएको छ ।

सर्वोच्च अदालतको फैसला बमोजिम मारवाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरेको कोषले जनाएको छ । मारवाडी सेवा समितिबाट वार्षिक ५१ हजार रुपैयाँ धर्मशाला सञ्चालन गरेबापत गरी उपलब्ध गराउने दुई पक्षको सहमति भएको थियो । सम्झौता अनुसार रकम उपलब्ध नगराएको र भाडादर पुनरावलोकन हुने व्यवस्था भए पनि मारवाडी सेवा समिति लागि तयार नभएको कोषले जनाएको छ ।

मारवाडी सेवा समितिले मोहियानी हक रहेको दाबी गरे पनि त्यसमा प्रमाण नपुग्ने कोषले स्पष्ट पारेको छ । मोहियानी हक दाबी गर्ने आधार समितिसँग नभएको कोषले जनाएको छ ।

२३ असोजमा महानगरले मारवाडी सेवा समितिले राखेको बोर्ड हटाएको थियो । मारवाडी सेवा समितिले अदालतबाट मुद्दाको पूर्णपाठ नआएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस