३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालढुंगा-बेनी सडक स्तरोन्नति नभए सरकारी गाडी चल्न नदिने चेतावनी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत १३ किमिको मालढुंगा-बेनी सडक स्तरोन्नतिका लागि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ ।

२०७७ सालमा ठेक्का सम्झौता भए पनि हालसम्म कुनै प्रगति नभएको भन्दै ‘कहिले अभियान’ले म्याग्दीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको हो ।

उक्त सडक स्तरोन्नतिका लागि विस २०७७ चैतमा एपेक्स-खड्का-कृष्ण जेभी कम्पनीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो, तर हालसम्म कुनै प्रगति नभएको उक्त अभियानले जनाएको छ ।

अभियानले निर्माण कम्पनीलाई छलफल गरी १ हप्ताभित्र कार्य सुरुको मासिक प्रगतिको योजनाको खाकासहित सडक निर्माण कार्य प्रारम्भ गराउन माग गरेको छ । उक्त समयमा पनि स्तरोन्नतिको काम सुरु नभए उक्त सडकमा कुनै पनि सरकारी सवारीसाधन सञ्चालन गर्न नदिने चेतावनीसमेत दिइएको छ ।

पटक पटक दबाब दिँदा पनि बेवास्ता गरिएपछि अल्टिमेटम दिनुपरेको ज्ञापन पत्र बुझाउन गएका नेकपा एमालेनिकट अनेरास्ववियुले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस