८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ च्याम्पियनसिपमा यस पटक विजेता बन्छौँ : कप्तान एञ्जिला

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा विजेता बन्ने लक्ष्य रहेको बताएकी छिन् ।

नेपालले तेस्रो पटक महिला साफ च्याम्पियनशिपको आयोजना गर्दैछ । भोलिदेखि घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली टोलीकी कप्तान तथा गोलकिपर सुब्बाले विजेता बन्ने लक्ष्य रहेको बताएकी हुन् । सबै टोली मेहनत गरेर विजेता बन्नकै लागि आए पनि यस पटक आफ्नो टोली सन्तुलित र बलियो रहेको उनको विश्वास छ ।

साफ महिला च्याम्पियनशिपको उद्घाटन खेलमा भारत र पाकिस्तान खेल्दैछन् । नेपालले भने पर्सि भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । त्रिपुरेश्वरको दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपमा आयोजक नेपालसहित मालदिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बाङ्लादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, मालदिभ्स र भुटान पनि छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बाङ्लादेश छन् । प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ ।

नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बाङ्लादेशले एक पटक उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस