८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलगंगाका चिकित्सकद्वारा बांङ्लादेशमा घाइते भएकाको आँखाको उपचार

अ+ अ-

काठमाडौँ । बांङ्लादेशमा केही महिनाअघि भएको आन्दोलनका क्रममा आँखासम्बन्धी समस्या भएका बिरामीको तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका छन् । 

आँखाको नानी च्यातिएका, गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका बिरामीको तिलगंगा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका छन् । ।

ती बिरामीको उपचारार्थ बांङ्लादेश सरकारको पहल र नेशनल इन्स्टिच्युट अफ अप्थाल्मोलोजी, बांङ्लादेशको निमन्त्रणामा सेवा फाउण्डेशन, बंगबन्धु शेख मुजीब मेडिकल र इशापानी इश्लामिया आँखा अस्पताल बांङ्लादेशसँगको सहकार्यमा प्रतिष्ठानको प्रतिनिधित्व गर्दै आँखाको पर्दा रोग विशेषज्ञ डा. रबा थापा नेतृत्वको टोलीले उपचार गरेको हो ।

टोलीमा नेपालबाट डा थापासँगै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान का डा. सुशीला पटेल र डा. सविता ढकाल सहभागी थिए । आँखामा गम्भीर चोट लागेका, दुर्घटनाबाट भएका मोतिबिन्दु र अन्य चोट, विशेषतः गोलीले क्षति पुगेका आँखामा जतिसक्दो चाँडो उपचार आवश्यक परेकाले ‘केराटोप्लास्टी’ र ‘ग्लोब-सेभिङ’ प्रविधिमा विशेषज्ञता भएका ‘भिट्रेओ रेटिना सर्जन’ र ‘कोर्निया’ विशेषज्ञहरूको मागअनुसार उनीहरू उपचारमा सहभागी भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले यस किसिमका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक उत्तरदायित्व पूरा गर्ने उपचार सेवाले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने विश्वास गरेको छ । बांङ्लादेश मा भएको आन्दोलन र त्यसपछिको नयाँ सरकारले हाल आन्दोलनका घाइतेहरूको उपचारलाई प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस