७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुरा दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री भण्डारीको निर्देशन

अ+ अ-

काठमाडौँ। मंगलबार राती डडेल्धुरामा बस दुर्घटनाबाट घाइते भएकाहरूलाई भेट्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपचारमा कुनै कमी नहुने बताएका छन् । 

धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्दै मन्त्री भण्डारीले शीघ्र स्वास्थ्य लाभको कामनासहित घाइतेहरूको उपचारमा कुनै कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका हुन् ।

मन्त्री भण्डारीले अस्पतालका निर्देशक डा. मोहन साउँदलाई घाइतेहरूका विषयमा गम्भीर बन्न, सहज र सहज ढंगले उपचारलाई अगाडी बढाउन भनेका थिए ।

‘बस दुर्घटनामा परी मेरो गृह जिल्लाका ५ जनाले ज्यान गुमाएका छन् म अन्त्यतै दुखी भएको छु’ डा.साउँदसँग कुरा गर्दै मन्त्री भण्डारीले भने ‘घाइतेका अभिभावकहरूले उपचारमा ढिला भइरहेको गुनासो गर्नुभएको छ, यसो नगर्नुहोला, तपाइले सक्ने उपचार छिटो र सहज गर्नुहोला, नसक्नेलाई रेफर गरिदिनुहोला ।’

मन्त्री भण्डारीलाई डा. साउँदले सबैको उपचार माया मेट्रोमै सम्भव रहेको बताएका थिए । दसैँका लागी चिकित्सकहरू बिदामा भएका कारण केही ढिला भए पनि आज देखी सबै जनशक्ति पुगिसक्ने उनले मन्त्रीलाई आश्वस्त पारे ।

मन्त्री भण्डारीले पवनदुत यातायात प्रा. लीका अध्यक्षसँग फोन संवाद गरी घाइतेका उपचारका लागी तत्काल बिमा रकम निकासा गर्ने प्रबन्ध मिलाउन पनि निर्देशन दिएका थिए ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रि बस मंगलबार राति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो । पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाले ज्यान गुमाएका हुन् ।

दुर्घटनामा परी पुर्चौडी–३ बस्ने ४५ वर्षीया जैमती बोहरा, दुई दिनको शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको घटनास्थलमै मृत्यु भएको हो । यस्तै पुर्चौडी नगरपालिका-१० की ६० वर्षीया गोवणी महराको पनि मृत्यु भइसकेको छ ।

दुर्घटनामा गम्भीर घाइते बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी ल्याइएको हो ।   बस सडकबाट झन्डै तीन सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस