काठमाडौँ । चर्चित पप गायक लियाम पेनको मृत्यु भएको छ । ‘वन डिरेक्सन’ब्यान्डका पूर्वसदस्यसमेत रहेका पेनको अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको होटेलको तेस्रो तलाबाट खसेर मृत्यु भएको हो ।
३१ वर्षीय ब्रिटिस गायक पेन होटेलको तेस्रो तलाको बाल्कोनीबाट खसेको अर्जेन्टिनी प्रहरीले जनाएको छ ।
पेन सन् २०१० मा एक्स फ्याक्टर टिभी सोमा बनाइएको चर्चित ब्वायब्यान्डका सदस्यसमेत थिए । यस समूहमा ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियाल होरान र जयन मलिकजस्ता कलाकारसमेत आबद्ध थिए ।
घटनाबारे जानकारी पाउनासाथ घटनास्थल पुग्दा पेनको मृत्यु भइसकेको ब्युनस प्रहरीले जनाएको छ । पेनले ड्रग्स र अल्कोहल सेवन गरेका कारण घटना घटेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।