१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारीलाई कैदबाहिर बस्न दिनेबारे छलफल

अ+ अ-

काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाहरूले शुल्क बुझाएर कारागार बाहिर बस्न दिने विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका तर निश्चित अवधि भन्दा कम कैद सजाय तोकिएकाहरूलाई कैदबाहिर रहन दिनुपर्ने विषयमा राज्य व्यवस्था समितिले गठन गरेको उपसमितिमा छलफल भएको हो । कारागारमा कैदीबन्दीको धेरै चाप भएकाले यो विकल्पमा छलफल भएको एक सांसदले बताए ।

फौजदारी कसुरमा नकारात्मक सूचीमा रहेकाबाहेक अरु कसुरमा दोषी ठहर भएका कैदीहरूले कारागारमा असल चालचलन देखाएमा आधा अवधिसम्म कैद मिनाहा पाउन सक्छन् । भ्रष्टाचारबाहेक अरु फौजदारी कसुरमा एक वर्षभन्दा कम कैद तोकिएका कसुरदारहरूले दैनिक तीन सय रुपैयाँका दरले शुल्क बुझाएमा कारागार बस्नुपर्दैन ।

भ्रष्टाचारसम्बन्धी मुद्दामा भने कैद छुट र रकम बुझाएर कैद बस्न नपर्ने दुवै सुविधा हालसम्म छैन । राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक विधेयकमाथिको छलफलका क्रममा कैदको विषयमा उदार हुनुपर्ने दृष्टिकोण आएको हो ।

उक्त विधेयकमा रहेको भ्रष्टाचार मुद्दामा ५ वर्ष हदम्याद राख्ने व्यवस्था भने चौतर्फी विरोध भएपछि सांसदहरुले त्यसलाई हटाउने सहमति गरिसकेका छन् । त्यसपछि विधेयकमाथि छलफल गर्न समितिले सांसद हृदयराम थानीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिमा भइरहेको छलफलका सिलसिलामा कैदको विषयमा उदार हुनुपर्ने विषयले प्रवेश पाएको हो ।

राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले कारागार प्रशासनसँग सम्बन्धित अधिकारीहरू र मन्त्रालयबाट देशभरका कारागारमा भएको कैदीहरूको भीडबारे सोच्नुपर्ने राय आएको र त्यस क्रममा कैदको विषयले प्रवेश पाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस