काठमाडौँ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङसँग ठूला धनराशीको सहयोग लिँदा सौदावाजी गरेको हुनसक्ने विपक्षी दलहरू आशंका गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज राखेको बैठकमा विभिन्न प्रकरणमा मुछिएका व्यक्तिसँग सहयोग लिनुमा आशंका भएको निष्कर्ष निकालेको नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
उनले भने, ‘विभिन्न प्रकरणमा मुछिएका मान्छेसँग प्रधानमन्त्रीले आफ्नो पार्टीको भवन निर्माणका लागि ठूलो धनराशी त्यसै स्वीकार गर्ने काम भएको छैन । त्यहाँ कुनै सौदाबाजी भएको छैन भन्न सक्ने अवस्था छैन ।’