काठमाडौँ । परराष्ट्र मन्त्रालयमा ११० कर्मचारी थप्ने सरकारको तयारीप्रति विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।
आर्थिक संकटमा भएको बेलामा आफ्नो आफन्तलाई जागिर दिनको लागि कर्मचारी थप्ने निर्णय गरेको नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
उनले भने, ‘देश संकटमा छ कर्मचारीलाई तलब दिने पैसा नहुने स्थिति भइरहेको बेलामा सरकार अहिले परराष्ट्र मन्त्रालयमा ११० जना भन्दा बढी कर्मचारी थप्ने देशलाई स्थायी रूपमा आर्थिक भार थप्ने काम गर्दैछ । दूतावास जरुरत नै नभएको ठाउँमा राखेर केही मान्छेहरूलाई जिम्मेवारी दिने ठाउँ तय गर्ने प्रयास भइरहेको छ ।’