११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना

अ+ अ-

भोजपुर । भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ । एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ ।

स्थानीयले यसलाई प्राकृतिकको सुन्दर उपहारको रूपमा लिने गरेका छन् । षडानन्द नगरपालिका–३ खार्तम्छामा पर्ने यो झरना हेर्न आन्तरिक पर्यटक पुग्न थालेपछि  आम्दानीको राम्रो स्रोत समेत बन्न सक्ने स्थानीयको भनाइ छ । 

यहाँ भदौ र वैशाखको पूर्णिमा गरी दुई पटक मेला लाग्छ । मेला बाहेक अन्य समयमा पनि झरना हेर्न तथा त्यहाँ रहेको धामको दर्शन गर्न मानिसहरु पुग्ने थालेका छन् । थप प्रचारप्रसार हुन सके यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने स्थानीय बताउँछन् । 

झरनाको विकासका लागि षडानन्द नगरपालिका तथा कोशी प्रदेश सरकारको लगानीमा त्यहाँ पुग्नका लागि सिँढी बनाएर बाटो निर्माण गरिरहेको छ । झरना स्थलमा खानेपानीको व्यवस्थासँगै पानी आउँदा बस्नका लागि फलैचासमेत निर्माण गरिएको छ । 

छाँगे धाममा दर्शन गरेमा मनोकामना पूरा हुने रोगव्यादी निको हुने जनविश्वास रहेको स्थानीयबासी इन्द्रप्रसाद धमलाले बताए । “झरना प्राकृतिकरुपमा निकै सुन्दर छ”, उनले भने, “यहाँ दर्शन गरेर मनोकाङ्क्ष पूरा हुने धार्मिक विश्वासले मानिस आउने गरेका छन् । यहाँ पुग्न भौगोलिक रूपमा विकट नै छ । यसको संरक्षण गर्दै प्रचारप्रसार गर्न सके आन्तरिक पर्यटनको विकास गर्न सकिन्छ । यसको विकासमा राज्यले ध्यान दिन आवश्यक छ ।”

झरनासम्म पुग्ने पर्यटकलाई लक्षित गरेर संरचना निर्माण गर्दै सडक तथा पैदलमार्ग व्यवस्थित गर्न सके पर्यटकलाई आउन सहज हुने उनले बताए । प्रकृतिले सुन्दर उपहार दिएको भएपनि यसबाट लाभ लिन नसेकेको भनाइ छ । 

सबै धर्मको आस्थाको केन्द्र रहेकाले यसको विकासमा विशेष ध्यान दिनुपर्ने स्थानीय देवचन्द्र राईले बताए । “ओझेलमा परेका यस्ता ठाउँको खोजीमा राज्यले ध्यान दिन आवश्यक छ” उनले भने “जिल्लाकै सबैभन्दा अग्लो झरना कसैको नजरमा पर्न सकेको छैन ।”

छाँगे झरनालाई विकास तथा विस्तार गरेर यहाँको आम्दानीको स्रोतको रूपमा स्थापित गराउने उद्देश्यले षडानन्द नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार गरी केन्द्र तथा प्रदेश सरकारबाट बजेट माग गर्ने तयारी गरिरहेको नगर प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।

प्रतिक्रिया दिनुहोस