काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेले सरकार मरेर आफूलाई जुठो परेको बताएका छन् ।
कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सरकार मरेर आफूलाई जुठो परेको बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै लेखेका छन्, ‘तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी रु तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?’
सम्बन्धित समाचार : रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
हेर्नुहोस् उनले सामाजिक सञ्जालमा लेखेको स्ट्याटस
सरकार मर्यो, हामीलाई जुठो पर्यो !!
तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहिँ हतकडी ??
तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ?
तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौँको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ?
तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने ?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भइदिनु पर्ने ?
यति गरेपछि भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन। तर म कहिले भागेर हिडिन र हिँड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्त्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईँले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो।वाचा स्वरूप तपाईँले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ। तपाईँको मन्त्रीमण्डल त्यसको साक्षात् प्रमाण हो। तपाईँहरूका दलका नेता र कार्यकर्ता प्रमाणित सहकारी ठग हुन् । कोही जेलमा छन् कोही फरार छन् । तपाईँहरू तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईँहरू बाट पीडितले न्याय पाउँदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।
ठिक छ,म तपाईँहरूको दिन गन्ती शुरु भएको खुसीयालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता व्यक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको कु नियतले तिमीहरूलाई चाडै रसातलमा पुर्याएको यो देशले चाडै देख्ने छ। सुरुवात तिमीहरूले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।
अहिलेलाई,सरकार मर्यो हामीलाई जुठो पर्यो। तर मलाई न्यायालय प्रति आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईँको सभापतिले कसैलाई ठगेको छैन।