१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारद्वारा स्थायी आवास निर्माणका लागि भौगर्भिक अध्ययन प्रारम्भ

अ+ अ-

काठमाडौँ । सरकारले बाढी र पहिरो प्रभावित क्षेत्रका लागि स्थायी आवास निर्माण गर्न भौगर्भिक अध्ययन सुरु गरेको छ। शुक्रबार सिँहदरवारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा गृह सचिव गोकर्णमणि दुवाडीले बाढी तथा पहिरोबाट अत्यधिक प्रभावित पालिकाहरूमा यो अध्ययन अगाडि बढाइएको जानकारी दिए।

गृह सचिव दुवाडीका अनुसार बाढी र पहिरोजस्ता प्रकोपबाट उच्च जोखिममा रहेका बस्तीहरूको पहिचान गरी विस्थापित परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने योजना छ। हालसम्म धनकुटा, लमजुङ, सङ्खुवासभा, सिन्धुपाल्चोक, ताप्लेजुङ, बझाङ, अर्घाखाँची, तनहुँ, डोटी, र धादिङका ३५२ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए।

उनले थप जानकारी दिँदै भने, “हालसम्म १६ जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन गरी पुनः स्थापनाको प्रक्रिया अगाडि बढाइएको छ। ३४ वटा स्थानीय तहका जोखिमयुक्त बस्तीहरूको अध्ययन सम्पन्न गरी प्रतिवेदनसमेत प्राप्त भएको छ।”

त्यसैगरी, दुवाडीले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)का १३ वटा पालिकामा प्रारम्भिक भौगर्भिक अध्ययन सम्पन्न गरी प्रतिवेदन तयार गरिएको उल्लेख गरे। यी प्रतिवेदनहरूबाट पुनः स्थापनाका लागि सम्भावित स्थानहरूको पहिचान गरिने छ।

प्राकृतिक विपद् जोखिम न्यूनीकरणको प्रयास स्वरूप झापा, महोत्तरी, सर्लाही, सुर्खेतलगायतका ४९ स्थानमा स्मार्ट साइरन जडान गर्ने कार्य सम्पन्न भएको जानकारी पनि गृह सचिव दुवाडीले बैठकमा दिए।

सरकारको यो कदमले विपद् जोखिममा रहेका बस्तीहरूको संरक्षण र प्रभावित परिवारहरूको दीर्घकालीन आवास व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस