६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी

अ+ अ-

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरूबाट चालु आर्थिक वर्ष २०८१/८२ मा रु. एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ ।

अन्नपूर्णमा रहेका पर्यटकीय स्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शूल्क संकलन, होटेल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण-२ मा रहेको भुरुंग-तातोपानी, वडा नम्बर ५ को पाउद्धार तातोपानी र वडा नम्बर ६ को रातोपानी कुण्डमा प्रवेश शूल्क, होटेल तथा चिया पसल सञ्चालनका लागि विभिन्न होटेलहरूले प्रतिस्पर्धा मार्फत क्रमशः रु. ५६ लाख २५ हजार तीन सय ७७, रु. २८ लाख ७६ हजार पाँच सय पाँच र रु. दुई लाख ६१ हजार पाँच सय ५५ मा आर्थिक वर्षको शुरुमै ठेक्का सम्झौता भएको थियो ।

अन्नपूर्ण-६ स्थित पुनहिलमा प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि रु. ४० लाख एक सयमा असोज अन्तिम हप्ता सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । अग्रिम रूपमा रकम जम्मा गरेका कारण कार्यविधिअनुसार १० प्रतिशत छुट दिएर आय ठेक्का सम्झौता गरिएको उनले बताए ।

‘तीन तातोपानी कुण्डमा पहिलो सूचनामै ठेक्का परेको थियो,’ उनले भने, ‘रु. ५५ लाख न्यूनतम आय अनुमान गरिएको पुनहिलमा तीन पटक सम्म सूचना प्रकाशन गर्दा समेत कसैको ठेक्का नपरेपछि आर्थिक वर्ष शुरु भएको तीन महिनापछि रु. ४० लाख एक सयमा सम्झौता गरिएको हो।’

पुनहिल र भुरुंग-तातोपानीको होटेल हटस्पिरिङ, पाउद्धार तातोपानी कुण्ड कालीगण्डकी रुफटफ प्रा.ली. र रातोपानी कुण्ड होटेल एभरेष्ट पोखरेबगरले ठेक्का लिएका हुन्। गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटेललाई वार्षिक रूपमा व्यवसाय करवापत हरेकलाई रु. ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेबापत रु. ३६ हजार वाहलबटौली कर लिने गरेको छ ।

चालु आर्थिक वर्षमा रु. एक करोड ७२ लाख ५० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रलाई मुख्य आयस्रोत बनाएको र पहिलो चौमासिकमै लक्ष्य नजिक पुगेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताए ।

मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटेल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर संकलन गर्दै आएको छ ।

घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरू रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ ।

अन्नपूर्ण आधार शिविर र त्यहाँ जाने मौरिस हर्गोज पदमार्गमा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा रु. एक करोड बजेट बिनियोजन गरेको अध्यक्ष पुनले बताए ।

पर्यटकीय स्थलको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवर्द्धन गर्दै स्थानीयवासीको जीवनस्तर सुधारसँगै गाउँपालिकाको आन्तरिक राजस्व बढाउनतर्फ जोड दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस