झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका-५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका-७ बस्ने ५५ वर्षीय पदम मुकारुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नं १-०१-००१ ख ३४३५ नंको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नंको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए ।
राईको घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासीले आक्रोशित भई उक्त बसलाई ढुंगा मुडा गरी तोडफोड गरी आगजनी गरेका छन् । बस चालक जिल्ला घेरादह नगरपालिका-१ बस्ने वर्ष ३५ वर्षीय सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले जानकारी दिए ।