काठमाडौँ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन्। गृह मन्त्रालयले शुक्रबार प्रजिअ देवी पाण्डे (खत्री)लाई मन्त्रालयमा बोलाउँदै इलाका प्रशासन कार्यालय धरानका उपसचिव अनुज घिमिरेलाई सोलुखुम्बुको नयाँ प्रजिअको रूपमा नियुक्ति गरेको छ।
मन्त्रालयका अनुसार, पाण्डेको सरुवा अवधि पूरा भएकाले उनी परिवर्तन भएकी हुन्। पाण्डे २०८० कार्तिक १५ गते सोलुखुम्बुको प्रजिअको रूपमा नियुक्त भएकी थिइन्।