१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीको टिप्पणी : रास्वपाले राजनीतिक संस्कार देखाएन 

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका नेता कार्यकर्ताले राजनीतिक व्यवहार र संस्कार नदेखाएको टिप्पणी गरेका छन् ।

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले रास्वपाका नेता कार्यकर्ताले रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि सरकार र आफूविरुद्ध तमासा देखाएको भन्दै त्यस्तो तमासा राजनीतिक संस्कार नहुने बताएका हुन् ।

‘संसद्को संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । उहाँ दोषी भए/नभए अदालतले फैसला गर्छ’, ओलीको भनाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘यसरी हुल हुज्जत र गाली गरेर राजनीतिक संस्कार कायम हुँदैन ।’ 

साथै एमालेविरुद्ध चौतर्फी आक्रमण गर्ने योजना अनुसार नै रास्वपाका नेता कार्यकर्ता सडकमा उतारिएको र यसबारे सचेत हुन जरुरी रहेको प्रधानमन्त्री ओलीले बैठकमा बताएका छन् । शुक्रबार पक्राउ परेका रवि लामिछानेलाई पोखरा लगिएसँगै रास्वपाका नेता कार्यकर्ताले पोखरालगायतका स्थानमा प्रदर्शन गर्नुका साथै ओली सरकारको विरोध गरिरहेका छन् । 

बैठकपछि महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जननिर्वाचित प्रतिनिधि सभा आफैँमा सर्वोच्च संस्था भएको भन्दै संसद्ले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सरकारले आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई लेखेर पठाएको बताए ।  उनले सहकारीको रकम हिनामिना सरकारको मात्र विषय नभएर संसद्को साझा सरोकारको विषय भएको भन्दै संसद्को सर्वसम्मत निर्णयका आधारमा प्रक्रिया अघि बढेको र प्रतिवेदनले इंगित गरेका जोकोही छानबिनको प्रक्रियामा आउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस