७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्कटासन्न समुदायलाई मानवीय सहयोग जारी : आइएफआरसी

अ+ अ-

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)ले सङ्कटासन्न समुदायलाई आवश्यकताका आधारमा मानवीय सहयोग जारी रहेको जनाएको छ।

आइएफआरसीले नेपाल रेडक्रसमार्फत हालसम्म यस वर्षको मनसुनका अवधिमा नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबानबाट प्रभावित करिब पाँच हजार जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार, सुरक्षित स्थानमा स्थानान्तरण तथा खाद्यान्न वितरणमा सहयोग गरेको जनाएको हो।

साथै बाढीपहिरो प्रभावित जिल्लामा तत्काल राहत वितरण गर्नेगरी नेपाल रेडक्रसका  विभिन्न गोदामघरबाट हालसम्ममा रु तीन करोड १३ लाख ८० हजार बराबरको गैरखाद्य राहत सामग्री (कम्बल, त्रिपाल, म्याट्रेस, सरसफाइ कीट ब्ल्याङ्केट, स्लिपिङ ब्याग आदि) जिल्ला शाखामा पठाइएको जनाइएको छ।

नेपाल रेडक्रसद्वारा जारी विज्ञप्तिका अनुसार  हालसम्म तीन आठ सय १७ परिवारलाई रु दुई करोड २७ लाख बराबरको नगद र गैरखाद्य राहत सामग्री वितरण गरिसकिएको छ भने  आठ सय ७४ जना स्वयंसेवक तथा कर्मचारी खोज तथा उद्धार कार्यमा परिचालित भएका छन्।

आइएफआरसीका महासचिव जगन चापागाईँले गत असोज १०, ११ र १२ गतेको  बाढीपहिरो तथा डुबान प्रभावितका लागि तत्काल आइएफआरसीको आपत्कालीन सहयोग कोषमार्फत रु नौ करोडको सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस