९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यायपालिकाको सुधार मेरो प्राथमिकता : प्रधान न्यायाधीश राउत

अ+ अ-

काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको सुधार आफ्नो प्राथमिकता भएको र त्यो मामिलामा कुनै सम्झौता नहुने बताएका छन् ।

न्यायिक मामिलाबारे रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूसँगको कुराकानीमा प्रधान न्यायाधीश राउतले न्यायपालिकाप्रति जनआस्था बढाउन काम गर्ने बताए ।

‘न्यायपालिकाभित्र पारदर्शिता र जबाफदेहिता मेरो प्रतिबद्धता हो । तदारुकताका साथ न्याय प्रदान गर्ने विषय मेरो प्राथमिकतामा छ’, राउतले भने, ‘न्यायपालिकामा हुने सबै कामको जिम्मा मैले लिन्छ र त्यहाँबाट सुधारको प्रक्रिया अघि बढाउँछु । जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि न्यायिक सुधारको अभियान रोकिँदैन ।’

केही समयअघि न्यायपालिका असहज परिस्थितिबाट गुज्रिएको संकेत गर्दै उनले अहिले पनि कतिपय चुनौती बाँकी रहेको र आफूले सुधारको प्रयास थाल्ने बताए । उनले अदालतभित्रका कतिपय असहज परिस्थितिलाई समाधान गर्ने प्रतिबद्धता जनाउँदै भने, ‘जनताको विश्वासको भरमा टिक्ने न्यायपालिकालाई मैले लयमा फर्काउने कोसिस गर्नेछु ।’

उनले हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन प्रतिवेदनका कतिपय प्रावधान कार्यान्वयन हुन बाँकी रहेको औँल्याउँदै आफूले सबै न्यायाधीशहरुको साथमा चरणबद्ध रूपमा सुझावहरू कार्यान्वयन गर्ने बताए ।

नागरिकको हक अधिकारका सवालमा सर्वोच्च र मातहतका अदालत प्रतिबद्ध रहेको बताउँदै प्रधानन्यायाधीश राउतले नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रति पनि न्यायपालिका सचेत रहेको बताए । उनले भने, ‘समग्रमा देश, जनता र संविधानप्रति इमानदारीपूर्वक काम गर्नेछु । नागरिक र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको साथमा छु ।’

सर्वोच्च अदालतमै चारजना न्यायाधीश रिक्त रहेको विषय उल्लेख गर्दै उनले ‘न्यायाधीशबिना न्यायपालिका चल्न नसक्ने’ भएकाले त्यो विषय आफ्नो प्राथमिकतामा परेको बताए । न्यायपरिषदमा रहेका पाँच जना सदस्यहरूको सर्वसम्मतिका आधारमा निर्णय गर्ने प्रयास भइरहेको र त्यसले गर्दा समय लागेको उनको प्रतिक्रिया थियो ।

कतिपयले भागवण्डाको प्रश्न उठाइरहेको भन्दै राउतले बार र बेन्चमा रहेकाहरूमध्ये ट्रयाक रेकर्डमा अब्बल भएकाहरूले अवसर पाउने बताए । उनले भने, ‘न्यायपालिकामा भागबण्डा भन्ने नै हुँदैन, त्यसको जिम्मेवारी म लिन्छु ।’

अदालतमा विचाराधीन मुद्दामा सार्वजनिक बहस, छलफल एवं प्रदर्शन समेत भइरहेको प्रश्नमा उनले अदालतले प्रतिकुल परिस्थितिमा पनि संयतता नगुमाउने प्रतिक्रिया दिए । ‘बाह्य वातावरण अदालतको नियन्त्रणमा हुँदैन, तर त्यत्ति कारणले संयतता गुमाउँदैनौँ’, उनले भने, ‘नियतवश: अदालतको हुर्मत लिने लिएको र अतिरञ्जना गरेको विषय क्षम्य हुँदैन, त्यति हुँदा पनि संयमतामा रहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस