३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका संशोधन

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र निर्देशिका २०८० संशोधन गरेको छ । पहिलो संशोधन २०८१ मार्फत निर्देशिका संशोधन गरिएको हो ।

नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ को दफा २५ ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले निर्देशिका संशोधन गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निर्देशिका गत सोमबार राजपत्रमा प्रकाशित भइसकेको र सोही दिनदेखि नै लागू भइसकेको छ ।

संशोधित निर्देशिका अनुसार एक वर्षभन्दा कम कैद सजाय हुन सक्ने कसुर सम्बन्धी फौजदारी अभियोगमा मुद्दा दर्ता भई शुरु तहको अदालत वा अर्धन्यायिक निकायमा विचाराधीन रहेकोलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइनेछ ।

तर, त्यस्तो मुद्दा दर्ता भई अदालत वा अर्धन्यायिक निकायबाट पक्रा पुर्जी जारी भई पक्राउ नगरेको प्रतिवादीको हकमा प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइनेछैन ।

यस्तै कुनै फौजदारी अभियोगमा अदालत वा अर्थन्याधिक निकायबाट सजाय तोकिएकोमा त्यस्तो सजाय भुक्तान नगरेको व्यक्ति, एक वर्ष वा त्यस भन्दा बढी कैद सजाय हुन सक्ने कसुर सम्बन्धी फौजदारी अभियोगमा मुद्दा दर्ता भई शुरु तहको अदालत वा अर्धन्यायिक निकायमा त्यस्तो मुद्दा विचाराधीन रहेको व्यक्ति र कुनै फौजदारी अभियोगमा मुद्दा दर्ता भई सुरु तहको अदालत वा अर्धन्यायिक निकायमा त्यस्तो मुद्दा विचाराधीन रहेको विदेशी नागरिकलाई पनि प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध नगराइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस