११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 सेनाले यसरी मनायो संयुक्त राष्ट्रसंघको स्थापना दिवस(फोटोफिचर) 

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघको स्थापना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा विभिन्न कार्यक्रम गरी मनाएको छ। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

विश्वभर शान्ति, एकता, मैत्री र मेलमिलाप प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसंघको ७९औँ वार्षिकोत्सव बिहीबार नेपाली सेनाले पनि विभिन्न कार्यक्रम गरी मनाएको हो ।

 कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च-पास र विभिन्न समुदायको नृत्य प्रदर्शन गरिएको थियो भने तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुतिसमेत रहेको थियो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तर्फबाट अहिले ६ हजार १४१ जना शान्ति मिसनमा खटिएका छन्। नेपाली सेनाको मात्रै ५ हजार ९१८ जना, सशस्त्र प्रहरी बलका १९५ जना र नेपाल प्रहरीका २८ जना शान्ति सेनामा खटिएका छन्।

लेबनन, सिरिया, कंगो, इराक, यमन, दक्षिण सुडान लगायत ११ वटा मिसनमा नेपाली शान्ति सैनिकहरू खटिएका छन्।

संयुक्त राष्ट्रसंघको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो। राष्ट्रसंघको सदस्य भएको नेपालले  तीन वर्षपछि शान्ति सैनिक परिचालन सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस