५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिदा स्वीकृत गरेर नै विदेश गएका प्रदेश प्रमुख सचिव पौडेलको जिकिर 

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका प्रदेश प्रमुख सचिव लोकनाथ पौडेलले बिदा स्वीकृत गरेर नै विदेश गएको बताएका छन् । साता दिनको कार्यक्रमका लागि गएका अमेरिका गएका पौडेल डेढ महिनापछि मात्रै कार्यालय फर्केको विषयमा उनले बाँकी समय बिदा लिएको बताए । 

अमेरिकामा जाँदा मुख्यसचिवसँग घर बिदा स्वीकृत गरेको र घर बिदा पछि कानुनतः पाइने बाटोको म्यादसमेतको बिदा स्वीकृत गरेको पौडेलले बताए । ‘बिचमा बाँडफाँड परेकोले बिदाको दिनमा बिदा लिन परेन तर त्यसबाहेक बिदा स्वीकृत गरेको छ’ उनले प्रशासनसँग भने ‘दुई दिन ढिलो हुने भएसँगै त्यो पनि अमेरिकाबाट नै मुख्यसचिवबाट बिदा स्वीकृत गरेको छु ।’

उनले तालिम अवधि बाहेकको समयको बिदा स्वीकृत गरेको र सोबारे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमासमेत बुझ्न सकिने बताए । 

हप्ता दिनको कार्यक्रमका लागि गएका पौडेल डेढ महिना पछि फर्केको विषयमा समाचार प्रकाशन भएको थियो । 

सम्बन्धित समाचार : एक हप्ताको बिदा लिएर गएका सचिव झण्डै डेढ महिना पछि कार्यालयमा फर्किए

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले थप बिदा आफैबाट स्वीकृत र  मुख्यसचिवबाट गरेको हुन सक्ने बताए । ‘सात दिनको कार्यक्रमका लागि जानु भएको थियो तर उहाँका छोरीहरू उता भएकोले अलि समय लिनुभएछ’ उनले प्रशासनसँग भने ‘यद्यपि लामो समय बस्दा केही समस्या भने भयो ।’ 

यसबारे मुख्यसचिव एकनारायण अर्यालसँग बुझ्दा उनले बिदा स्वीकृत गराएको बताए । सुरुमा बिदा स्वीकृत गरेरै गएको र पछि थप नपुग भएको भन्दै माग गरेपछि स्वीकृत गराएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस