१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर विमानस्थल विस्तार सरकारको प्राथमिकतामा

अ+ अ-

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले भरतपुर विमानस्थल विस्तारका लागि सरकारका तर्फबाट काम भइरहेको बताएका छन् ।  रोटरी क्लब अफ चितवनको आयोजनामा भरतपुर भ्रमण वर्षको अवसर पारेर शुक्रबार चितवनमा आयोजना गरिएको इन्टरनेशनल ह्यारिटेड म्याराथनको समापन समारोहमा उनले भरतपुर विमानस्थल विस्तार र क्षमता बढाउनेतर्फ सरकारले काम गरिरहेको बताएका हुन् । 

भरतपुर विमानस्थललाई रात्रिकालीन उडान गर्नसक्नेगरी उपकरण व्यवस्थापनको काम गर्न सरकार तयार रहेको उनले बताए । उनले भने, “विमानस्थल विस्तारले पर्यटकको आवागमन पनि बढ्ने छ ।” सबै दृष्टिले केन्द्रमा रहेको यस जिल्लाले पर्यटन क्षेत्रमा निर्वाह गर्नुपर्ने भूमिकालाई महत्वका साथ हेरिने गरिएको मन्त्री पाण्डेले बताए । 

रोटरी क्लबको आयोजनामा गरिएको म्याराथन कार्यक्रमले आपसी एकता, सद्भाव एवं स्वास्थ्यप्रतिको चिन्तनसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गरेको उनले बताए । स्वास्थ्य व्यक्तिले स्वास्थ्य समाज र मुलुक निर्माण गर्न सक्ने भन्दै यस्ता कार्यक्रमको महत्त्व धेरै हुने गरेको उनको भनाइ थियो । 

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्लाको अर्थतन्त्रलाई चलायमान गराउन भ्रमण वर्षको आयोजना गरिएको बताए । भ्रमण वर्षमा गरिने भनिएका कार्यक्रममध्ये अहिलेसम्म ५५ वटा कार्यक्रम सम्पन्न भइसकेको भन्दै उनले महानगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस