७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्टरपोलबाट रेड नोटिसपछि सुजन आचार्य फेरि पक्राउ

अ+ अ-

काठमाडौँ । आफूलाई पत्रकार बताउँदै आपराधिक गतिविधिमा मुछिँदै आएका सुजन आचार्य फेरि पक्राउ परेका छन् । इन्टरपोलको नोटिसपछि उनले विदेशबाट पक्राउ गरी नेपाल ल्याइएको छ । उनलाई कम्बोडियाबाट ल्याइएको हो ।

उदयपुरको त्रियुगा नगरपालिकाका सुजन आचार्यले वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरी फरार भएको आरोप लागेको थियो ।

सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध गरेको थियो। २०८० माघ १९ गते उनीहरू विरुद्ध रेड नोटिस जारी भएको थियो ।

सुजन विरुद्ध २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा विद्युतीय कारोबार सम्बन्धी कसुर मुद्दा दर्ता भएको र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगन्जमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसुर मुद्दा समेत दर्ता भएको पाइएको छ । असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको र पक्राउमध्ये सुजनलाई नेपाल ल्याइएको हो ।

उनलाई सम्बन्धित कसुरहरूमा कानूनबमोजिम कारबाही गराउने प्रयोजनार्थ जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस