६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुरको चिडियाखानामा अब ‘कञ्चन’ हिउँचितुवा अवलोकन गर्न पाइने 

अ+ अ-

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित चिडियाखानामा अब हिउँचितुवा पनि अवलोकन गर्न पाइने भएको छ ।

झण्डै एक वर्ष अघि मोरङको उर्लाबारी नगरपालिकामा फेला परेको हिउँ चितुवालाई आजदेखि चिडियाखानामा अवलोकनका लागि राखिएको हो ।

वन मन्त्री ऐनबहादुर शाहीले शुक्रबार अपराह्न हिउँ चितुवा अवलोकनको शुभारम्भ गरेका छन् ।

कञ्चनजंघा संरक्षण क्षेत्रमा विचरण गर्ने क्रममा उर्लाबारी पुगेको अनुमान गरिएको यो हिउँ चितुवालाई चिडियाखानाले ‘कञ्चन’ नामकरण गरेको छ ।

समुद्री सतहभन्दा तीन हजारदेखि साढे ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा विचरण गर्ने हिउँ चितुवा २०८० साल माघ ९ गते मोरङको उर्लाबारी नगरपालिका वडा नं. १ चारघरे क्षेत्रमा फेला परेको थियो ।

समुद्री सतहभन्दा १३० मिटरको मात्रै उचाइमा रहेको चारघरेको बाँसघारीमा फेला परेको उक्त हिउँ चितुवालाई राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले बेहोस बनाएर उद्धार गरी ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ल्याएको थियो ।

त्यतिबेला पछाडिको वायाँखुट्टाले टेक्न असहज अवस्थामा उद्धार गरिएको सो हिउँ चितुवालाई पशु चिकित्सकले निरन्तर रेखदेख र उपचार गरेका थिए । अहिले पूर्ण रूपमा स्वस्थ भएकोले अवलोकनका लागि राखिएको सदर चिडियाखानाले जनाएको छ । त्यसको बासलाई सुरक्षित वातानुकुलित वातावरणमा राखिएको अधिकारीहरूले बताएका छन् ।

नेपालमा हिउँ चितुवा खासगरी पूर्वमा कञ्चनजंघादेखि पश्चिममा अपि नाम्पा संरक्षण क्षेत्रमा पाइन्छ । नेपाल लगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वास्थ्य पारिस्थितिकीय प्रणालीको सूचक एवम् प्राकृतिक खाद्य श्रृंखलाको उच्च तहमा रहेको प्रजाति हो ।

नेपालमा सामान्यतया ३ हजारदेखि ६ हजार मिटरसम्मको उचाइमा पाइने यस प्रजातिको हिमाली क्षेत्रका १२ वटा संरक्षित क्षेत्र तथा आसपासमा करिब १३ हजार वर्गकिलोमिटरमा बासस्थान रहेको छ ।

विश्वमा हिउँ चितुवाको संख्या ३ हजार ९२१ देखि ६ हजार २९० सम्म रहेको अनुमान छ । नेपालमा ३०१ देखि ४०० वटासम्म हिउँ चितुवा रहेको अनुमान गरिन्छ ।

हिउँ चितुवालाई आई.यू.सी.एनको संवेदनशील वर्गमा र साइटिसको अनुसूची १ मा राखिएको छ । नेपालले पनि यसलाई संरक्षित सूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस