१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कथा- अख्तियारमा उजुरी

अ+ अ-

पंगेनीजी अफिस आए । हाजिर गरे अनि हिँडे। अफिसबाट गएपछि पंगेनीजीको एकल गन्तव्य भनेको भट्टी नै थियो । यो सबैलाई थाहा थियो । त्यहाँ मस्त मदिरापान गरी मदमस्त भएर बेलुकीपख मात्रै घर फर्किनु उनको दैनिकी थियो । यो पनि दुनियाँलाई थाहा थियो । अझ उनका सहकर्मीहरूलाई भलिभाँती थाहा थियो । टन्न जाँड धोकेर घर फिर्दा बाटोमा रिस उठे जति जम्मैलाई गाली गर्न भ्याउँथे । कसैलाई पाखुरै सुर्कन्थे । कसैलाई हप्कीदप्की गर्थे । कुनै कुनै दिन उनको सेड्यूलमा राजनीतिक दलका शीर्षस्थ नेताहरू पनि पर्थे । उनलाई चिन्ने कतिपय मान्छेहरू `यस्ता जँड्याहासँग के कुरा गर्नु´ भन्दै तर्किँदै हिँड्थे ।

घरमा पनि उनलाई स्पष्टीकरणको कुनै गुन्जाइस थिएन । सधैँको दैनिकी यस्तै भएपछि सोधेर पनि के साध्य र ! त्यसैले वर्षौँ देखि उनको यो दैनिकी जारी थियो । दस बजे अफिस आउनु, बाह्र बजेको आसपासमा जानु उनको नियमितता थियो । यसरी हाटा (हाजिर गरेर टाप ठोक्ने काम) गरेकोमा अफिसमा कसैको पनि कुनै बाधा बिरोध हुँदैनथ्यो । उल्टै बेला बेलामा आउने छड्केबाट समेत बचाइदिन्थे । उनका साथीभाइहरू त्यस्ता छड्के टोलीका हाकिमलाई `अफिसकै एउटा सानो कामले एक छिन बाहिर जानु भाछ आइहाल्नुहुन्छ´ भनिदिन्थे । हुन त अफिसमै बसे पनि उनको कुनै काम थिएन । केही गरी काम दिइहाल्यो भने पनि या त गर्दै गर्दैनथे या त अरूलाई भिडाउँथे । कथम् गरिहाले भने काम उल्टै बढाइदिन्थे । बिगारिदिन्थे । तैपनि कसैले गुनासो भने गर्दैनथे ।

करिब पाँच वर्ष पछि पंगेनीजी कुन्नि कसरी हो पूरै सुध्रे । दुनियाँलाई तीन छक्क पार्दै सुध्रे । जाँडरक्सी त छुनै छाडेछन् । चुरोट खैनी जस्ता अम्मल पनि बारेछन् । तर अफिस आउने र हाटा गर्ने बानी भने छाड्दै छाडेनन् । अबचाहिँ हाटा गरेर उनी भट्टीतिर होइन, अन्तैतिर लाग्न थालेछन् । करिब करिब दुई महिनासम्म त धेरैले ‘यसको गन्तव्य उही त हो नि’ भन्दै बसे । कसैले खोजीनिती पनि गरेन । पंगेनीजीले कसैलाई भन्दा पनि भनेनन् । तर उनको गतिविधि र अरू धेरै सङ्केतहरू यो परिकल्पनाको विरुद्धमा थिए । न बिहान अफिस आउँदा मुख सुन्निएको हुन्थ्यो । न डुङडुङती गन्ध नै आउँथ्यो । पहिलाका फुकीढल उनी हृष्टपुष्ट र पोटिला हुँदै गएका थिए । मुहारमा भिन्दै किसिमको चमक दमक देखिन्थ्यो । कलम समाउँदा थरथर काँप्ने हात अहिले दृढ देखिन्थ्यो । तथापि उनले कलम समाउने चाहिँ हाजिर गर्नलाई मात्रै थियो । अफिसको काम त उनी गर्दै गर्दैनथे । मान्छेसँग बोल्ने, प्रस्तुत हुने काइदामा पनि फरकपन दृष्टिगोचर हुन थालेको थियो ।

पहिलेका त्यस्ता कुनै पनि इन्डिकेटरहरू अहिले नभएपछि कसै कसैले शंका पनि गर्न भ्याए । यस्तै शंकालुहरूको शंका बढ्दै गएपछि उनी हाजिर गरेर भट्टीतिर जान छाडेको कुरा सबैले थाहा पाए। `आखिर जान्छन् चाहिँ कहाँ ?´ अब सबैको चासो यसैमा भयो । जाँडरक्सी छाडेका छन् । जुवा तास खेल्ने बानी पहिला पनि थिएन। अहिले पनि छैन । ‘रङ्गीन कला’ का अतिरिक्त अभ्यासमा उनी निकै पछाडि थिए । मतलब यस्तोमा उनलाई चासो नै थिएन। पहिला पनि र अहिले पनि । खुद्रा चासो अब थोकमा व्यक्त हुन थाल्यो । तर कसैले सोधेन ।

चासो राख्नेहरूले पछि थाहा पाए कि उनले एउटा सानोतिनो कृषि फार्म खोलेका छन् भनेर । कसैले बधाई दिए । कसैले शुभकामना दिए । कोही ईर्ष्याले जले । कोही डाहाले छटपटिए । यस्तो जँड्याहा कसरी यस्तो किसिमले सप्रियो भनेर कति मान्छेहरू त तीन छक्क पनि परे । यही बीचमा एक दिन उनले आफ्ना साथीहरूलाई फार्म देखाउन लगे । दुई जनाले त ढुक्कैले प्रत्यक्ष रोजगारी पाएका थिए उनको कृषि फार्ममा । कुकुरापालन, बाख्रापालन, तरकारी खेती इत्यादि राम्रैसित फस्टाएको थियो । एक बिघा तीन कट्ठा जग्गा भाडामा लिएर कृषि विकास बैंकबाट कर्जा लिएर उनले यो फार्म खोलेका रहेछन् । कृषि फार्म खोलेपछि उनको अरू सबै दैनिकी फेरिए पनि हाटाको दैनिकी भने फेरिएन । अफिस आउनु हाटा गर्नु र आफ्नो फार्ममा जानु नयाँ दैनिकी थियो । उनको फार्म हेर्दा उनी परिश्रमी, लगनशील र मेहनती कृषक हुन् भन्न सङ्कोच मान्नु पर्ने कुनै अवस्था नै थिएन । उता अफिसतिर हेर्दा भने कामचोर, भगुवा र हाटावाल कर्मचारी नै थिए । जँड्याहा अब भन्दैनथे ।

आफ्नो कृषि फार्मबाट अफिसको जागिरले भन्दा निकै धेरै कमाउन थाले तर पनि खै किन हो कुन्नि उनले जागिर छोड्न भने सकेकै थिएनन् । शायद बीस वर्ष खाई पेन्सन पकाई छाड्ने लोभ हुँदो हो । त्यसैले हत्तपत्त छोड्न मन नलाग्ने चीजको नाम नै जागिर हो अथवा `नपाउन्जेल पाउनै गाह्रो पाएपछि छाड्नै गाह्रो´ चीजको नाम पनि जागिर नै हो ! उनी जँड्याहा हुँदा पनि हाटा नै गर्थे भने सुध्रिएपछि पनि हाटा नै गरे । यो मात्रै एक समानता थियो उनको अघिल्लो जागिरे जीवन र पछिल्लो जागिरे जीवनमा । यही समानता नै उनको कुरा काट्ने आधार बन्दियो । यही समानता नै अख्तियारमा उनको नाममा थुप्रै बेनामी उजुरी पर्ने आधार बन्दियो ।

`कोही भने दिनभरि अफिसमा काम गरे पनि त्यही तलब; पंगेनीजी हाटा गरेर आफ्नो व्यक्तिगत काम गरे पनि उही तलब !´ कुरो सोह्रै आना अन्यायपूर्ण थियो । यो अन्यायका स्रोत पंगेनीजी पहिला देखि नै थिए । तर पछिल्लो अन्याय भने उनको बिरादरीमा असह्य भो । अन्ततोगत्वा उनले कि हाटावाला जागिर छोड्नु पर्ने भो कि हाटा गर्ने गलत बानी । उनले बानी छोडेनन् बरु पेन्सन सेन्सन सब माया मारेर जागिर नै छोडे । उनले जागिर छोडेको आज पन्ध्र वर्ष भइसकेछ तर एउटा प्रश्नले आजसम्म पनि उनलाई चिमोटी रहन्छ- ‘अख्तियारमा उजुरी म नामुद जँड्याहा हुँदा चाहिँ किन परेन ?’

प्रतिक्रिया दिनुहोस