५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष अख्तियारको प्रतिवेदन पेस

अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।  आइतबार प्रदेश प्रमुख देवकोटासमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौँडाका प्रमुख उमाकान्त आचार्यले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रमुख आचार्यले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८०र०८१ मा सम्पादन गरेका काम कारबाहीहरू समेटेर तयार गरिएको ३४ औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा आयोगमा २६ हजार ९१८ वटा नयाँ उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ वटा उजुरीहरू समेत गरेर आयोगमा ३६ हजार १८६ वटा उजुरी प्राप्त भएको थियो ।

गत आर्थिक वर्ष २०८०/०८१ मा प्राप्त ३६ हजार १८६ उजुरीमध्ये २७ हजार ७१४ (७६.५९ प्रतिशत) उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । फर्छ्यौट गरेका उजुरीहरूमध्ये १३ हजार ५०० वटा उजुरीहरू आयोगको क्षेत्राधिकारभित्र नपरेका, गोलमटोल प्रकृतिका, हैरानी वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाण बिनाका ज्यादै सामान्य प्रकृतिका तामेली गरिएको प्रतिवदनमा समावेश गरिएको छ ।

आयोगबाट फर्छ्यौट भएकामध्ये ९३२ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने ४९६ उजुरीउपर सुझाव दिई तामेली गरिएको र १२,७८६ उजुरीउपर कानुन बमोजिम अन्य आवश्यक कारबाही गरिएको छ ।

प्रारम्भिक छानबिनको क्रममा रही फर्छ्यौट हुन बाँकी रहेका ८ हजार ४७२ उजुरीहरू आगामी आर्थिक वर्ष २०८१/८२ मा सरेको छ ।

प्रतिक्रिया दिनुहोस