काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ आजदेखि बिक्री खुला गरेको छ ।
कम्पनीले ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सयका दरले जारी हुने एफपीओमा सर्वसाधारणले आजदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
अनलाइन प्रणाली मेरो सेयर तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट एफपीओ भर्न सकिनेछ ।
न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणमा कम्तीमा ३० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने प्रावधान छ । सोबमोजिम यस कम्पनीको सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत नपुगेपछि एफपीओ जारी हुन लागेको हो ।
यस कम्पनीको सर्वसाधारणमा जारी सेयर २६.२० प्रतिशत मात्रै छ । एफपीओ जारीपछि सर्वसाधारण सेयर हिस्सा ३०.५२ प्रतिशत र संस्थापक हिस्सा ६९.४८ प्रतिशत पुग्ने कम्पनीले जनाएको छ ।