काठमाडौँ । दाङमा बालिका बलात्कार मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।
प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालिका करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनी वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा थिए ।
गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान उनको शव फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।