७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष अदालतमा पहिलो पटक ‘भर्चुअल’ सुनुवाइ

अ+ अ-

काठमाडौँ । विशेष अदालतमा पहिलो पटक आज अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको पूर्व मुख्यसचिव डा. बैकुण्ठ अर्याल समेत प्रतिवादी भएको सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्ट्राचार गरेको आरोपको मुद्दामा संयुक्त राज्य अमेरिकाको कान्सास राज्यबाट प्रतिवादीद्वय सफल श्रेष्ठ र विष्णुप्रसाद गौतमको तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले भर्चुअल माध्यमबाट बहस गरेका हुन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर, सदस्यद्वय न्यायाधीश डा. खुशीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासमा उक्त सुनुवाइ भएको हो । 

तत्कालीन प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले २०८० साल चैत १५ गते भर्चुअल सुनवाइ पद्धतिको शुभारम्भ गरेका थिए । सो पश्चात अदालतबाट साक्षी बकपत्र भर्चुअल माध्यमबाट गरी सेवा प्रदान गरिँदै आएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२२ को उपदफा (५) बमोजिम थुनछेक प्रयोजनका लागि अभियुक्तको बयान समेत भर्चुअल माध्यमबाट लिएर अभिलेख गर्न सकिने उल्लेख छ । 

विशेष अदालतले गत आव २०८०र०८१ मा ८८ प्रतिशत मुद्दाको फर्छ्यौट गरी कानुनले तोकेको म्याद छ महिनाभित्रै मुद्दाको कारबाही र किनारा गर्न सफल भएको जनाएको छ । ‘छिटो छरितो न्याय, सबैका लागि न्याय’ भन्ने न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाको प्रस्तावनालाई साकार पार्न विशेष अदालतले न्यायमा सहज पहुँचका लागि प्रविधिको प्रयोग गर्दै आएको छ ।

स्वच्छ सुनुवाइको हक संरक्षित गर्ने र न्यायमा पहुँचको अधिकारअन्तर्गत प्रविधिको प्रयोग र न्यायमा पहुँचका लागि भर्चुअल सुनुवाइको सदुपयोग गर्न सबै कानुन व्यवसायी तथा सेवाग्राहीहरूलाई अदालत प्रशासनले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस