७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छ : मन्त्री दाहाल

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा नेपाल भौगर्भिक समाजद्वारा आज आयोजित कार्यक्रममा उनले पूर्वाधार निर्माण अघि गरिने भौगर्भिक तथा वातावरणीय अध्ययन राम्रो हुन नसक्दा विपदबाट क्षति बढी भएको बताएका हुन् ।

यस पटकको बाढीपहिरोको क्षतिलाई अध्ययन गर्दा बस्ती तथा विपद् व्यवस्थापनतर्फ ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै मन्त्री दाहालले हाम्रा भौगर्भिक र वातावरणीय अध्ययन, भौतिक पूर्वाधारहरूको अवस्था, विपद् जोखिमका क्रममा सामना गर्नुपर्ने पूर्व तयारीका विषयमा विभिन्न कोणबाट प्रश्न उठेको सन्दर्भमा समग्र विकास निर्माणको ढाँचाका विषयमा पुनः विचार गर्नुपर्ने धारणा व्यक्त गरे ।

मन्त्री दाहालले यस पटक बाढीपहिरोबाट मुलुकका ३९ राजमार्गको आठ सय ११ स्थानमा क्षति पुगेको जानकारी गराउँदै भने, “हाम्रा प्राथमिकता निर्धारण गर्दा मुलुकको राजस्वमा प्रभाव पार्ने क्षेत्र, बढी आवतजावत हुने क्षेत्रमा यातायात पूर्वाधारको विकास, आन्तरिक उत्पादनलाई बजारसम्म जोड्ने क्षेत्र तथा यात्राको दूरी घटाउने आयोजना छनोट गर्नुपर्ने देखिएकाले सोहीबमोजिमको योजना तथा कार्यक्रमलाई सरकारले ध्यान दिनेछ ।”

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालको मुख्य विपद् बाढी पहिरो, भूक्षयजस्ता समस्या रहेको उल्लेख गर्दै भूकम्पीय दृष्टिले जोखिम मानिने नेपालमा सडक–पुल, भवन, जलविद्युत्लगायत पूर्वाधार निर्माणका क्रममा राम्रोसँग भौगर्भिक अध्ययन हुनुपर्ने धारणा व्यक्त गरे ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का सदस्यसचिव डा. रवीन्द्र ढकालले लगानी वृद्धिसहित धेरैभन्दा धेरै जनशक्तिलाई विज्ञान तथा प्रविधिका क्षेत्रमा आकर्षित गर्दै देश र जनताका हितमा काम गर्नुपर्नेमा जोड दिए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले विपद्मा अहिलेसम्म भएका प्रयासहरू पर्याप्त नभएको भन्दै प्रभावकारी रूपमा कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षका बीच समन्वय आवश्यक रहेको बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका (एनएडिआरआरएम)का कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिएर अगाडि बढेको बताउँदै भने, “विपद् पूर्वानुमान र व्यवस्थापनका लागि अन्तर सरकारी निकाय तथा अन्य सरोकार बालाहरूबिच समन्वय आवश्यक छ ।”

विपद् पूर्व तयारी राष्ट्रिय समाजका अध्यक्ष राजु थापा, नेपाल भौगर्भिक समाजका अध्यक्ष चूर्णबहादुर वली र भूगर्वविद् डा. सुबोध ढकाललगायतका वक्ताले विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रसबीच आपसी सहयोग र समन्वय हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस