१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले भने-रवि लामिछानेको हिप्नोटिजमको सिकार चितवन भयो

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको सिकार भएको बताएका छन् ।

नेकपा एमाले चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेले चलाएको नयाँ खोज्ने हिप्नोटिजमको सिकार चितवन भएको बताएका हुन् ।

‘चितवनले पटक पटक लोकतान्त्रिक परिवर्तनको अगुवाइ गर्‍यो । रवि लामिछानेले नयाँ खोज्ने अभियान चलाए । त्यसैको नेतृत्व गर्‍यो । नयाँ अभियानको नेतृत्वतर्फ लग्यो’, महासचिव पोखरेलले भने, ‘हामीले नयाँ सोच बनाएर ल्याएको नेतालाई परीक्षणको मौका नदिई खराब हुन् भन्दा जनताले पत्याउँदैनन् भनेर पटक पटक काम गर्ने मौका दिन पहलकदमी लियौँ र काम गर्ने मौका दियौँ । दुई-दुई पटक हाम्रै कारणले गृहमन्त्री भए । त्यो समय उनले के काम गरे भन्ने कुरा चितवनकै जनताले पनि निकै छिटो थाहा पाउनुभयो भन्ने लाग्दछ ।’

उनले संगठित रूपमा सहकारीको पैसा गोरखा मिडियामा लगेर चाँडै धनी हुने सपना देखाएर सहकारी आन्दोलनलाई बिथोल्ने काम पनि रवि लामिछानेले नै गरेको दाबी गरे ।

उनले थपे, ‘जसले सहकारीको मान्यता भत्काएर नयाँ विचलनको यात्रा सुरु भयो । सहकारीको पैसालाई कम्पनीतर्फ डाइभर्ट गर्ने सुनियोजित षड्यन्त्र भयो । त्यो विचलनको आन्दोलनले आमसहकारी आन्दोलनलाई कमजोर बनाउने माध्यम गोर्खा मिडिया बन्यो ।’

त्यतिमात्रै नभएर लामिछानेले महिलाहरूलाई सम्मान नगरेकाले चितवनका महिलाहरूलाई स्टन्टबाजीको पछि नलाग्नसमेत महासचिव पोखरेलले सुझाए । उनले नेपाली समाज सामाजिक सम्बन्धमा अडेको समाज भएको उल्लेख गर्दै रवि लामिछानेले कहिल्यै नारीप्रति सम्मान नगरेकोसमेत आरोप लगाए ।

‘नारीप्रति अनास्था र अविश्वास प्रकट गर्दै हिँड्ने व्यक्तिलाई नेपाली समाजको नयाँ आन्दोलनका रूपमा बुझ्ने जुन प्रकारको प्रवृत्ति चितवनबाट अगाडि बढ्न खोज्यो, अब चितवनका जनताले समीक्षा गर्नुपर्दछ’, उनले भने, ‘भन्न सक्नुपर्दछ नेपाली परम्पराविरुद्धका अभियान नेपाली संस्कारलाई कमजोर बनाउने अभियान हो ।

प्रतिक्रिया दिनुहोस