७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्र शाहीले सिञ्जा विधेयक आफूले लेखेको भनेर झूटो प्रचार गरेको भन्दै माओवादीले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सिञ्जा विधेयक आफैँले लेखेको दाबी गरेपछि माओवादी सांसदले आपत्ति जनाएका छन् ।

कात्तिक १० मा जुम्लाको गोठीज्यूलामा राप्रपाले आयोजना गरेको जनसभामा प्रतिनिधि सभा सदस्यसमेत रहेका राप्रपाका प्रमुख सचेतक शाहीले आफूले उक्त विधेयक लेखेको बताएका थिए ।

नेकपा (माओवादी केन्द्र)का वर्तमान र पूर्व सांसदले सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै आगामी दिनमा बोल्दा हजार पटक सोचेर मात्रै बोल्न चेतावनीसमेत दिएका छन् ।

माओवादीबाट प्रतिनिधि सभा सदस्य छिरिङल्हामु लामाले राप्रपाका सांसद शाहीलाई विधेयकको ‘बि’ पनि थाहा नपाउनेले सिञ्जा सभ्यता विधेयक आफूले लेखेको भनेर दाबी गर्दा लाज पनि लजाएको टिप्पणी गरिन् ।

माओवादी सांसद लामाले सधैँभरि जनतालाई झुक्याउन नसकिने भन्दै आगामी दिनमा बोल्नुभन्दा पहिला हजार पटक सोचविचार गरेर मात्रै बोल्न सामाजिक सञ्जालबाटै खबरदारी गरेकी छन् ।

यस्तै कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री समेत रहेका माओवादीका केन्द्रीय सदस्य नरेश भण्डारीले पनि शाहीले राप्रपाको जनसभामा झुटको पुलिन्दा छताछुल्ल पारेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जुम्लाका लागि शाहीले गरेको कमजोर कार्य सम्पादनलाई ढाकछोप गर्न झुठको सहारा लिएको बताएका हुन् ।

भण्डारीका अनुसार विधेयक निर्माणका क्रममा शाही अभियन्ता रहेका बेला उनलाई पनि पठाइएको थियो । शाहीले केवल ‘धन्यवाद’ लेखेर जवाफ फर्काएका थिए । तर, त्यसैलाई विधेयक लेखेको मान्ने हो भने आत्मरतिमा रमाउनु बाहेक केही नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस