७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भौतिक मन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुगमन गरेका छन् ।

मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपराह्न अनुगमनका लागि मीन भवन स्थित विभागको कार्यालय पुगेका थिए ।

अनुगमनका क्रममा उनले सेवाग्राहीसँग समेत कुराकानी गरेका थिए । उनले विभागबाट प्रवाह सेवाबारे जानकारी लिएका थिए । सेवाग्राहीले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाउन आग्रह गरे । सेवाग्राहीसँग कुराकानीपछि उनले लाइन नलागी सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिए ।

उनले टोकन प्रणाली लागु गरी सेवा लिने प्रबन्ध गर्न समेत निर्देशन दिए ।मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र इम्बोस्ड नम्बर छपाइका बारेमा पनि जानकारी लिए । विभागका महानिर्देशक राजीव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाइ भई रहेको जानकारी दिएका छन् ।

प्रदेश स्तरबाट समेत छपाइ सुरु भएकाले विभागमा चाप केही घटे पनि डिजिटल कार्ड छपाइलाई चुस्त र नियमित बनाइएको उनको भनाइ छ । इम्बोस्ड नम्बर जडानलाई थप तीव्र र व्यवस्थित पारिने भन्दै पोखरेलले विद्युतीय सवारी दर्ता प्रणालीलाई देशै भर कार्यान्वयन गरिने बताए । नयाँ सडकहरूमा थप रुट निर्धारणका लागि अध्ययन भई रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस