८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माण गर्न एक करोड विनियोजन

अ+ अ-

कर्णाली । मानव सेवा आश्रमले सुरु गरेको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ । 

कर्णाली प्रदेश सरकारद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उद्धार यात्राको १७औँ दिनसम्म एक सय नौ पुरुष, ३२ महिला र तीन बालबालिका सडकबाट उद्धार गरिएको जानकारी दिए।

 विसं २०८२ सम्म नेपाललाई सडक मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएर उद्धार यात्रा थालिएको जनाउँदै उनले कोही कसैलाई सडक मानव र बेसहारा हुन नदिने राष्ट्रिय सङ्कल्पको आधार तयार गर्न यो पटक पनि यात्रा जारी राखिएको जनाए। 

अध्यक्ष अधिकारीले भने, “यो चौथो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा हो । अघिल्लो वर्ष तीन सय चार जना सहयोगापेक्षी सडक मानवको उद्धार भएको थियो ।” पूर्व–पश्चिममा सहयोगापेक्ष सडक मानवको अवस्था सडक मानवमुक्त प्रदेशका रूपमा घोषित कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेकोप्रति उनले प्रदेश सरकारलाई उनले धन्यवादज्ञापन गरे । 

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानवता प्रवर्द्धनका लागि थालिएको पुण्य काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । “दिन लगाएर गर्ने कामभन्दा मन लगाएर गरिएका काम सफल हुन्छ,” उनले भने, “हामी ठीक हुँदा देश नै ठीक हुन्छ । आफूभित्रको मानवता प्रकट गरेर समाजमा उदाहरणीय काम गरौँ । ऊँ कैलाश, कर्णाली र कर्मप्रति सङ्कल्पित हौँ ।” 

राष्ट्रिय गायिका आनीछोइङ डोल्माले करुणा शक्तिबाट मात्र सेवा भाव प्रकट हुने बताइन्। मानव सेवा आश्रमले थालेको काममा कर्णाली प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गरेको भन्दै तिहारको बेलामा पनि मानव सेवामा समर्पित आश्रमका साधक साधकीहरुको उच्च प्रशंसा गर्दै सेवा भावबाट गरिएका कामले मात्र पुण्य कमाउन सकिने जिकिर गरिन् । 

अध्यक्ष अधिकारीका अनुसार यात्राको सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोरेको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारका निमित्त सचिव आनन्द सारु, आन्तरिक मामिला सचिव पुष्पराज शाही, सामाजिक विकास सचिव दीर्घबहादुर पोखरेलसहितको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस