२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एलन मस्कलाई तत्काल सुनुवाइमा उपस्थित हुन अदालतको आदेश

अ+ अ-

काठमाडौँ । अमेरिकी खर्बपति एलन मस्कलाई पेनसिल्वेनियाका एक न्यायाधीशले तत्काल एक सुनवाइमा उपस्थित हुन आदेश दिएका छन् ।

यो आदेश मस्कले पेनसिल्वेनियाका दर्ता भएका मतदातालाई १० लाख डलर पुरस्कार दिने घोषणा गरेपछि आएको हो ।

फिलाडेल्फियाका जिल्ला न्यायाधिवक्ता लैरी क्रासनरले मस्क र उनको राजनीतिक समूह अमेरिकन पीएसीविरुद्ध यसै साता सोमबार मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा बिहीबार सुनवाइ हुने भएको हो ।

लैरी क्रासनरले पेनसिल्वेनियाका न्यायाधीशसमक्ष गएको शुक्रबारदेखि यही बिहीबारसम्म मस्कले दिने पुरस्कार रोक्न तत्काल सुनवाइ गर्न अनुरोध गरेका थिए।

उनले मस्कविरुद्ध मुद्दा दायर गरेपछि सामाजिक सञ्जालमा आफूलाई धेरै आलोचना भइरहेको जिकिर पनि गरेका छन् । यो चुनावमा एलन मस्क ट्रम्पलाई पूर्ण समर्थन गरिरहेका छन्।

मस्कले ५ नोभेम्बरमा हुने चुनावसम्म दैनिक ७ स्विङ स्टेट्सका कुनै एक मतदातालाई १० लाख अमेरिकी डलर अर्थात् पुरस्कार दिने घोषणा गरेका छन्।

यो योजनाअन्तर्गत विजेताको छनोट डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने मस्कको ‘अमेरिकन पीएसी’ नामक समूहको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नेहरूबाट गरिनेछ । यसका लागि योग्य मतदाता हुनु अनिवार्य छ ।

पेनसिल्वेनियामा मस्कले यस्तो गर्नेहरूलाई १०० डलर दिइरहेका छन् र अरूलाई रिफर गर्नेलाई थप १०० डलर दिइरहेका छन्। अन्य स्विङ स्टेट्समा अरूलाई रिफर गर्नेलाई ४७ डलर दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस