७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकर्ण सहकारीमा बचतकर्ताको साढे २ करोड अपचलन

अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-४ माकलबारीमा रहेको गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्ताको साढे २ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ ।

प्रहरी वृत्त बौद्धले उक्त सहकारीका अध्यक्ष ३७ वर्षीय रोशनबाबु श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठमाथि अनुसन्धान गर्दा ८९ बचतकर्ताको २ करोड ५६ लाख ५ हजार ८ सय ४६ रुपैयाँ ठगी गरेको खुलेको हो ।

साढे २ करोडभन्दा बढी रकम ठगी गरेको खुलेपछि सोही अनुसार बिगो माग दाबी गर्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी वृत्त बौद्धले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार अदालतमा ठगी मुद्दा दायर गरेको हो ।

सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश ज्ञवालीले बिहीबार दायर गरेको मुद्दा आजदेखि तिहारको सार्वजनिक बिदा भएकाले तिहारपछि मात्रै सुनुवाइ हुने भएको छ ।

सहकारी अध्यक्ष श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दायर भएको छ । जसमा श्रेष्ठका साथै सहकारीका उपाध्यक्ष ४७ वर्षीया रेनुका श्रेष्ठ, सचिव ३५ वर्षीय महेश्वरी अधिकारी, कोषाध्यक्ष ४१ वर्षीय हिमाल काफ्ले, सदस्य ३३ वर्षीय जीतबहादुर थापा, सदस्य ३८ वर्षीय पूर्णकुमार श्रेष्ठ र अर्का सदस्य ४६ वर्षीय राजु नेपाली विरुद्ध मुद्दा दायर भएको हो । मुद्दा दायर भएकामध्ये अध्यक्ष श्रेष्ठ मात्रै पक्राउ परेको र बाँकी ६ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

यो सहकारीले आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर ठगी गरेको खुलेको छ । बचतकर्ताले जम्मा गरेको रकम फिर्ता गर्न पटक-पटक ताकेता गर्दा समेत सुनुवाइ नभएपछि पीडित बचतकर्ता प्रहरीकोमा पुगेका थिए ।

यता, पक्राउ परेका अध्यक्षले भने लकडाउनका कारण सहकारीमा समस्या आउँदा रकम फिर्ता गर्न नसकिएको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस