७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् : अध्यक्ष नारायणप्रसाद

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका समस्या तथा विकृति समाधान हुने बताएका छन् ।

शङ्खरापुर नगरपालिका-६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले शैक्षिक क्षेत्रका समस्या अन्त्य गर्न राजनीतिक दलले विशेष भूमिका खेल्नुपर्ने बताए ।

“शिक्षा क्षेत्रमा देखिएका विकृति विभिन्न कोणबाट आएका छन्”, अध्यक्ष दाहालले भने, “यस्ता समस्या समाधान गर्न राजनीतिक दल वा विचारबाट भन्दा माथि उठेर सबै एकजुट भएर समन्वय गर्नु जरुरी छ ।” आफू छोटो समय शिक्षकका रूपमा काम गरेको स्मरण गर्दै उनले नेपालको राजनीतिक, सामाजिक परिवर्तन तथा शैक्षिक उन्नयनमा शिक्षकको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

शिक्षण पेसालाई अपमानित गर्ने खराब संस्कृतिको विकास हुन थालेकामा चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले सबै मिलेर शिक्षणलाई सम्मानित पेसाको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । नेपाली जनताको त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई नयाँ संविधान कार्यान्वयनका क्रममा रहेको भन्दै उनले संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी सबैले इमान्दारिपूर्वक पूरा गर्नुपर्ने बताए ।

साँखु क्षेत्रको विकासका साथै विद्यालयको भौतिक पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षाका लागि आफूले गर्न सक्ने सहयोगसहित आवश्यक पहल गर्ने प्रतिबद्धता गर्दै अध्यक्ष दाहालले सबैको एकताबद्ध साथ आवश्यक रहेको बताए ।

“शैक्षिक गुणस्तर कायम गर्नु शिक्षक, अभिभावक, विद्यार्थी सबैको जिम्मेवारी हो”, उनले भने, “यहाँको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकासँगको सहकार्यमा मैले गर्न सक्ने सहयोग र पहलका लागि प्रतिबद्धता व्यक्त गर्दछु ।” 

प्रतिक्रिया दिनुहोस