१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको साथ नपाएको प्रधानमन्त्रीसँग खेलाडीहरूको गुनासो

अ+ अ-

काठमाडौँ । नेपाली महिला फुटबल टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् । बुधबार काठमाडौँमा भएको साफ महिला फुटबल प्रतियोगितामा उपविजेता टोलीसँग प्रधानमन्त्री ओलीले आज भेट गरेका हुन् ।

भेटका क्रममा खेलाडीले आफूहरूले सरकारबाट पाउनुपर्ने साथ सहयोग नै नपाएको गुनासो गरे । खेलाडी प्रीति राईले अहिलेसम्मको आफूहरूको प्रदर्शनबाट सन्तुष्ट नै रहे पनि सरकारको भूमिका प्रति असन्तुष्टि जनाइन् ।

‘तर, मलाई के लाग्छ भने जुन खेलाडीहरूलाई हरेक कुरामा साथ चाहिनुपर्थ्यो त्यो पाएका छैनौँ’, भेटमा राईले भनिन्, ‘म्यानेजमेन्टको कुरामा, स्मोस्नली सपोर्टमा । हामी खेलाडीलाई खेलको मात्रै प्रबलम भएमा मात्रै हामी सबै जना फ्रि हुन्थ्यौँ ।’

खेलाडी भएवापत् सरकार र सरोकारवाला निकायबाट पाउनुपर्ने साथ नपाउँदा खेलमा पनि आफूहरू ‘डिस्ट्रयाक्ट’ हुनुपरेको गुनासो प्रधानमन्त्री ओलीलाई राखिन् । ‘हामीलाई मन लागेर खेल्न सक्ने वातावरण बनाइदिनोस् !’ उनले भनिन्, ‘तपाईँहरूले फाइनान्सियल सपोर्ट होस्, मेन्टल सपोर्ट होस्, तपाईँहरूले गरिदिनुभयो भने धेरै राम्रो हुन्छ ।

आफूहरूले खेलुञ्जेलमात्रै राम्रो भएको तर, घाइते भएको अवस्थामा पनि अर्को समस्या भोग्नुपर्ने गुनासो राईको थियो ।

भेटमा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली खेल क्षेत्रको विकासका लागि सरकार सकारात्मक नै रहेको बताए । उनले खेलाडीसँग विभिन्न ऐन, कानुनले गर्दा पनि घोषणा भइसकेका पुरस्कार र सम्मान रकम दिन नसकिएको बाध्यता सुनाए ।

बुधबार भएको साफ महिला फुटबल च्याम्पियनसिप फाइनलमा नेपाल बांङ्लादेशसँग २-१ ले पराजित भएको थियो ।

खेलाडीको गुनासो सुनिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूले राखेको मागप्रति आफू सकारात्मक रहेको बताए । रंगशाला पुरानो भइसकेकाले नयाँ रंगशालाका लागि ठाउँ खोजी भइरहेको र चाँडै बन्नेसमेत उनले खेलाडीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस