६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वर पोखरेलको दाबी : सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुन्छ

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी प्रकरणमा दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुने बताएका छन् ।

नेकपा एमाले ओखलढुंगा काठमाडौँ सम्पर्क मञ्चले बिहीबार काठमाडौँमा आयोजना गरेको शुभकामना आदान प्रसाद कार्यक्रममा पोखरेलले संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार सहकारी प्रकरणमा छवि र रविदेखि दोषी देखिएका सबैमाथि अनुसन्धान र कारबाही हुने बताएका हुन् ।

सबै दलका प्रतिनिधि रहेको संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्दा सबैले स्वभाविक रूपमा लिनुपर्ने उनले बताए । पोखरेलले सहकारी प्रकरणमा अनावश्यक विरोध प्रदर्शन र दोषारोपण गरेर अहिले मुलुकलाई अराजकतातर्फ लैजाने षडयन्त्र भइरहेको धारणासमेत राखे । उनले अराजकताका विरुद्ध खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे ।

पोखरेलले पार्टी कार्यालय निर्माणका लागि एमाले निकट मीनबहादुर गुरुङले दिएको जग्गा पारदर्शी रूपमा पार्टीले ग्रहण गरेको र अपारदर्शी ढंगले कुनै काम नभएको दाबी गरे । मीनबहादुर गुरुङ एमाले निकट भएकै कारण उनलाई २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट समानुपातिक सदस्य बन्न प्रस्ताव गरेको उनले बताए ।

पोखरेलले काँग्रेस-एमालेबीचको सहकार्य आगामी चुनावसँग रहने र त्यसपछि पार्टी एक्लै चुनाव लड्ने जिकिर गरे । मुलुकमा संकट देखा परेकाले ठूला दुई दल मिल्नुपरेको भन्दै उनले काँग्रेस-एमालेको गठबन्धनलाई अन्यथा नलिन उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस