८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रारा विमानस्थलको टर्मिनल भवन निर्माण अन्तिम चरणमा

अ+ अ-

मुगु । रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रंंगरोगनबाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो ।

भवन निर्माणको निर्धारित समयावधिमा काम सम्पन्न नभएपछि पटक-पटक गरी चारपटक म्याद थप गरिएको बताउँदै विमानस्थलस्थित टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावरका आयोजना प्रमुख महेश नेपालीले हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए ।

विसं २०७६ असोज १६ गते नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एरोड्रम इन्जिनियरिङ विभाग र ओम बुद्ध इन्टरनेसनल प्रालिबीच ट्रमिनल भवन निर्माणका लागि सम्झौता भई सोही वर्षको कात्तिक १ गतेदेखि काम थालिएको थियो । विभिन्न बहाना बनाउँदै पहिलो सम्झौता अवधिको तीन वर्षमा काम सम्पन्न नभएपछि हालसम्म चारपटक म्याद गरिएको आयोजना प्रमुख नेपालीले बताए ।

निर्माण कम्पनीका प्रतिनिधि विवेक श्रेष्ठका अनुसार मौसमले साथ नदिएको अवस्थामा बाहेक करिब ३० दिनभित्र बाँकी काम सम्पन्न गरी भवन हस्तान्तरण गर्ने गरी काम भइरहेको जानकारी दिए । भौगोलिक कठिनाइ, यातायातको असुविधा, विभिन्न समयमा वर्षाले बाटो अवरुद्ध हुनु, दक्ष कामदारको अभावलगायत कारणले निर्माण समय सम्पन्न गर्न नसकिएको उनले स्वीकारे ।

विमानस्थलको टर्मिनल भवन निर्माणको वर्तमान, प्रगति र ढिलाइबारे जानकारी लिन बुधबार जिल्ला समन्वय समितिका संयोजक मञ्जनबहादुर कार्कीको संयोजकत्व कर्णाली प्रदेशका सांसदद्वय जितबहादुर मल्ल र मंगलबहादुर शाही, प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका साथै जनपथ, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, पत्रकार र नागरिक अगुवाको उपस्थितिमा निर्माणाधीन भवनको निरीक्षण गरिएको थियो ।

निरीक्षणपछि भवन यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई ताकेता गरिएको जिल्ला समन्वय समितिका प्रमुख कार्कीले बताए । वर्षाले विमानस्थलको मुनितिर क्षति पुगी पहिरोको जोखिममा परेकाले उक्त समस्या समाधानका लागि सरोकार भएका निकायमा आवश्यक पहल र समन्वय गर्ने निर्णय पनि गरिएको उजले जानकारी दिए ।

सुविधा सम्पन्न ट्रमिनल भवन, यात्री सहायता कक्ष र प्रतीक्षालय नहुँदा विमानस्थलबाट बाहिरिने र भित्रिने यात्रीले चर्को घाम लाग्दा, झरी, हिउँ पर्दा तथा जाडोयाममा सास्ती भोग्दै आएका छन् । नागरिक उड्डयन कार्यालयले लामो समयदेखि काठको टहराबाट ‘एयर ट्राफिक कन्ट्रोल’को कार्य गर्दै आइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस