१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश युवाद्वारा नि:शुल्क मोटरसाइकल सेवा

अ+ अ-

खोटाङ । खोटाङका दशजना युवाले तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् ।यातायात सेवा नपाएर समस्यामा परेका महिलालाई सम्बन्धित स्थानसम्म पुर्‍याइदिनका लागि युवा समूहले अभियान चलाएका हुन् । 

अभियानका संयोजक सञ्जयकुमार राईले यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका महिलालाई गन्तव्यसम्म पुर्‍याउने योजनासहित अभियान सुरु गरिएको बताए ।  

“दसैँमा चार दिन अभियान सञ्चालन गर्‍यौँ । उसबेला ७० जनाभन्दा बढीले सेवा पाएका थिए । ‘दसैँ, तिहार चेलीलाई उपहार’ नाम दिएर सुरु गरिएको अभियानमा दश जना युवा जोडिएका छौँ । अझै जोडिने क्रम जारी छ”, उनले भने, “नेपालीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीहरूलाई निःशुल्क मोटरसाइकलमा पुर्‍याइदिने गरेका छौँ । माइती र चेलीको यो पर्वमा आर्थिक अवस्थाका कारण वा अन्य समस्याका कारण माइती घर जान नसक्ने अवस्था भएमा हामीलाई सम्पर्क गर्नुहोला !”

मध्यपहाडी लोकमार्गका सडकखण्ड तथा जिल्लाका विभिन्न ठाउँहरूमा सञ्चालित ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा दिन सकिने युवा समूहले जनाएको छ । कात्तिक–१६ गते अर्थात् भोलि (शुक्रबार) चेलीहरूलाई माइती घरसम्म पुर्‍याउने र १९ गते पुनः घरसम्म ल्याइदिने योजना बनाइएको संयोजक राईले बताए । 

सरकारी सेवासुविधा लिइरहेकाहरुलाई भने आफूहरूले सञ्चालन गरेको अभियानअन्तर्गतका सेवा उपलब्ध नहुने समूहका सदस्य मोतिचन्द्र राईले जानकारी दिने। नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष एवम् कराँते खेलाडी राईको संयोजकत्वमा सुरु गरिएको अभियानमा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत युवा सहभागी छन् । 

आफूहरूले कुनै स्वार्थ नराखी मानवीय सेवाभावले अभियान सञ्चालन गरेको युवा समूहले जनाएको छ । दश युवाले सुरु गरेको अभियानलाई जिल्ला तथा बाहिरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रशंसा गरिरहेका छन् ।

अभियानमा जोडिएर सेवा दिइरहेका मोटरसाइकल चालकलाई दित्तेल रत्नपार्कस्थित शुभम् क्याफेमा निःशुल्क खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको शुभम् फाउण्डेशन खोटाङका प्रबन्ध/निर्देशक सूर्यबहादुर राईले बताए । यस्तै, महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष आशिष थापा लगायतका व्यक्ति तथा सङ्घ संस्थाले अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस