५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपहिरोपीडितको तथ्याङ्क सङ्कलन गर्दै स्थानीय तह

सूचना
अ+ अ-

काभ्रेपलाञ्चोक ।  बाढी पहिराले यहाँ जनधनको ठूलो क्षति पुर्‍याएपछि स्थानीय तहलाई खोज, उद्धार तथा राहत व्यवस्थापन गर्न एक महिना लागेको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षापछि आएको बाढी पहिरोले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहमा जनधनमा क्षति पुर्‍याउँदा कतिपय घरबारविहीन बनेका छन् । बाढी पहिरोबाट जिल्लामा ७९ जनाको मृत्यु भएको थियो ।

बढी क्षति पुगेका जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित पनौती नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा खोज, उद्धार तथा राहत व्यवस्थापनपछि पुनर्वास एवं आवास निर्माणका लागि यकिन तथ्याङ्क सङ्कलन कार्यमा स्थानीय तह लागेका छन् । यी स्थानीय तह जिल्लाका १३ स्थानीय तहमध्ये अति प्रभावित क्षेत्रमा पर्दछन् । 

कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्‍याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य छन् । घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध क्षतिबारे पूर्ण विवरण सङ्कलन हुन सकेको थिएन । स्थानीय तहले पनि यस समयमा आफ्नो क्षेत्रमा भएका क्षतिको पूर्ण विवरण सार्वजनिक गर्न सकिरहेका छैनन् । 

बाढी पहिरोबाट प्रभावित भएका जिल्लाका स्थानीय तहहरू प्रभावित परिवारलाई राहत, घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि सरकारले उपलब्ध गराउने राहत रकम वितरण तथा प्रभावित परिवारहरूको तथ्याङ्क सङ्कलनमा लागेका हुन् । जिल्लाको बनेपा र धुलिखेल नगरबाहेक ११ स्थानीय तहलाई सङ्घीय सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले खोज, उद्धारको काम सकिएसँगै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा वितरण तथा बाढी पहिरोबाट पूर्ण रूपमा घर क्षति भई समस्यामा परेका एक सय १० परिवारमध्ये पाँच जनासम्मको परिवारका लागि रु १५ हजार र पाँचभन्दा बढी सदस्य भएका परिवारलाई रु २० हजारका दरले राहत रकम उपलब्ध गराइएको जानकारी दिए । 

उहाँका अनुसार बाढी पहिरोमा परी मृत्यु भएका १२ जनाको परिवारलाई सरकारले उपलब्ध गराएको रु दुई लाख तथा गाउँपालिकाले किरिया खर्चबापत रु ५० हजार थप गरी नगद राहत हस्तान्तरण गर्ने कामसमेत हालै सम्पन्न गरिएको छ ।

बाढी पहिरोबाट घरपूर्ण क्षति भएका परिवारलाई सरकारबाट दिने राहत रकम वितरणका लागि तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष लामाको बताए। उहाँका अनुसार प्रारम्भिक तथ्याङ्कअनुसार बाढी पहिरोबाट गाउँपालिकाभित्र रहेका करिब तीन सय ५० घर पूर्ण रूपमा क्षति भएको पाइएको छ ।

बाढी पहिरोबाट अति प्रभावित पनौती नगरमा खोज, उद्धारसँगै सबै वडा जोड्ने सडकको ट्रयाक खोलिएको छ भने क्षतिग्रस्त खानेपानी आयोजनाको दीर्घकालीन समाधानका लागि योजनाको लागत अनुमान गर्ने कार्य अघि बढाइएको छ । 

पनौतीका नगरप्रमुख रामशरण भण्डारीले तिहारपछि क्षतिग्रस्त विद्यालयमा कक्षा सञ्चालन गर्न अस्थायी सिकाइ केन्द्र (टिएलसी) निर्माण, सिँचाइका योजनाको मर्मत, क्षति भएका स्वास्थ्य संस्थालाई नियमित सञ्चालनका लागि काम सुरु गरिने जानकारी दिए । उनका अनुसार पूर्ण क्षति भएका पाँच सय परिवारलाई तीन चरणमा राहत वितरण गरिएको छ । बाढी पहिरोपछि आफन्तको घरमा बसेर पछि सम्पर्कमा आएका दुई सय ५० परिवारलाई पहिलो चरणको राहतसमेत वितरण सकिएको उनले बताए । 

पनौतीमा १८ जनाको बाढी पहिरोबाट मृत्यु भएको नगरप्रमुख भण्डारीले जानकारी दिए । बाढी पहिरोबाट घर पूर्ण क्षति भएका करिब एक सय परिवारलाई नबिल बैंकले अस्थायी घर बनाइदिने विषयमा छलफल भएको उनले बताए । 

“जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने विषयमा भौगोलिक अध्ययन गरिने योजना बनाएका छौँ । बस्ती नै स्थानान्तरण गर्नुपरेको खण्डमा उपयुक्त स्थानमा व्यवस्थापन गर्न सरकारका सम्बन्धित निकायसँग समन्वय गर्नेछौँ”, नगरप्रमुख भण्डारीले भन। उनले बाढी पहिरोबाट पूर्ण क्षति भएका घरको विवरण सङ्कलन गर्ने काम भइरहेको भन्दै करिब सात घर पूर्ण रूपमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । 

बाढी पहिरोमा परी १२ जनाको मृत्यु भएको बेथानचोक गाउँपालिकामा हाल पीडित परिवारलाई राहतसँगै अवरुद्ध सडक खोलिएको छ भने बिजुली, इन्टरनेट सेवा, टेलिफोन सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए । बाढी पहिरोबाट घर जमिनसमेत बगेका परिवारको तथ्याङ्क सङ्कलन कार्य भइरहेको उनले जानकारी दिए । 

अध्यक्ष अधिकारीले भने, “पीडितको पुनर्वासका लागि सरकारलाई सिफारिस गर्न यकिन तथ्याङ्क सङ्कलन गरिरहेका छौँ ।” उनले बेथान चोकमा पनि आवास निर्माणका लागि विभिन्न संघसंस्थासँग छलफल अघि बढाइएको बताए। उनका अनुसार घर पूर्ण रूपमा क्षति भएका परिवारलाई तत्कालका लागि सरकारबाट प्रदान गरिने राहत रकम व्यक्तिको खातामा उपलब्ध गराउने काम अघि बढाइएको छ । बेथान चोकमा चार हजार चार सय प्रभावित परिवारमध्ये पाँच सय ५० घर पूर्ण क्षति भएको प्रारम्भिक तथ्याङ्कबाट पाइएको उनले उल्लेख गरे 

यस्तै नमो बुद्धका नगरप्रमुख कुन्साङ लामाले पनि बाढी पहिरोबाट प्रभावित तथा पूर्ण क्षति भएका परिवारको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने काम भइरहेको बताए । यकिन तथ्याङ्क सार्वजनिक गरी सरकारको राहत रकम प्रदान गरिने उनले उल्लेख गरे । 

काभ्रेपलाञ्चोकमा बाढी पहिरोबाट ७८ जनाको निधन भएको थियो भने छजना अझै बेपत्ता छन् । उक्त बाढी पहिरोबाट ७९ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । जिल्लामा हालसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार निजी आवासतर्फ करिब चार हजार पूर्ण क्षति भएका छन् भने सात हजार आंशिक क्षति पुगेको अनुमान गरिएको छ । तीन दर्जन सरकारी भवन तथा सोही सङ्ख्यामा सार्वजनिक भवन पूर्ण रूपमा क्षति भएका छन् ।

प्रतिक्रिया दिनुहोस