८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा

अ+ अ-

बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थाना भर्‍याङमा निर्माणाधीन प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा पुगेको छ । गौरवका आयोजनाका रूपमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन सो कृषि थोकबजारको करिब ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

कुल रु. ३० करोड ८७ लाख ६२ हजार सात सय ८७ को लागतमा निर्माणाधीन सो हाटबजार कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी भएको प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराईले जानकारी दिए ।

अनक-माउन्टेन जेभी काठमाडौँले ठेक्का पाएको सो हाटबजारको निर्माण कार्य अन्तिम चरणमा पुगेर हस्तान्तरणको तयारीमा रहेको सचिव भट्टराईले बताए । किसानले श्रमको उचित मूल्य पाउने र बिचौलियाको समस्या समाधान हुने विश्वासका साथ हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा बागमती प्रदेश सरकारले निर्माण गर्न लागेको सो कृषि हाटबजारको निर्माण कार्य गत २०७८ साल जेठ ९ गतेदेखि सुरु भएको थियो ।

निर्माण कम्पनीले यही २०८१ जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भए पनि समय अपुग भएको भन्दै सात महिना थप गरी यही मङ्सिर ८ गतेसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोकिएको छ ।

प्रदेश सरकारको ७०-३० को लगानी मोडल अनुसार हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा दुई बिघा चार धुर क्षेत्रफल जग्गामा निर्माणाधीन सो कृषि हाटबजारमा होलसेल मार्केट, रिटेलस मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेज लगायतका सरंचना रहेको प्रदेश सरकारको कृषि विकास निर्देशनालयका सब इन्जिनियर मोदनाथ तिम्लिसिनाले जानकारी दिए ।

अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको सो हाटबजारको थोक बजारमा ४० सटर र सिटेलस मार्केटमा २३  सटर रहेको जनाएको छ । एउटै भवनमा दुई वटासम्म लिफ्ट रहेको सो भवनको माथिल्लो तलामा पनि सटर छ ।

प्रतिक्रिया दिनुहोस