१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारी खेतीमै भविष्यका सपना देख्दै महादेव

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने किसानका रूपमा परिचित छन् ।

दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन् । कमैया मुक्तिको घोषणापश्चात् पाइएको पाँच कट्ठा जग्गाबाट उनले तरकारीखेती सुरु गरेका हुन् । अहिले डगौराले एक बिघा बढी जग्गामा तरकारीखेती गर्छन् । “पाँच कट्ठा जग्गा आफ्नै स्वामित्वको छ”, उनले भने, “बाँकी पन्ध्र कट्ठा जग्गा लिज (भाडा)मा लिएर तरकारीखेती गर्दै आएका छौँ ।” बारीमा उत्पादित तरकारी बेचेर वर्षमा रु. पाँच लाखदेखि रु. सात लाखसम्मको आम्दानी हुने गरेको उनी बताउँछन् ।

बर्सातको समयमा लहरे तरकारी लौका, फर्सी, काँक्रा, बोडी बाली रोप्ने डगौरा हिउँदको मौसममा काउली, बन्दागोभी, गोलभेँडा, फर्सी, खुर्सानी, आलु, तीते करेला लगायतको खेती गर्छन् । जेठ वैशाख महिनामा काँक्रा, लौकाको खेती गर्छन् । योसँगै तरकारीका बेर्ना तयार गरी किसानलाई उनले बिक्री गर्ने कार्य पनि गर्दै आएका छन् । उत्पादित तरकारी स्थानीय बजारमा सहज रूपमा खपत हुने गरेको छ । “उत्पादित तरकारी केही बारीबाटै बिक्री हुन्छ”, उनले भने, “बारीमा बिक्री हुन नसकेको तरकारी बजारसम्म पुर्‍याएर बिक्री गर्छौँ ।”

तरकारी बिक्रीबाट डगौराले गाउँमा पक्की घर ठड्याएका छन् । घरमै बेरोजगार भएर बसेका छोराका लागि अटो रिक्सा खरिद गरेर स्वरोजगार बनाएका छन् । सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्नका लागि पावर टिलर डगौराले जोडेका छन् । तरकारी बजारसम्म पुर्‍याएर बेच्नका लागि डगौरासँग मोटरसाइकल पनि छ । घरको अन्न, नुन, तेलदेखि लुगाफाटोसम्मको खर्च तरकारीखेतीको कमाईले धानिएको छ ।

भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा बजारमा तरकारी बेच्न कुनै बेला निकै समस्या हुने गरेको उनी बताउँछन् । सरकारी तवरबाट उपलब्ध हुने अनुदान अहिलेसम्म डगौरा नपाएको बताउँछन् । “दातृ निकायले अगुवा कृषकहरूलाई व्यावसायिक तरकारीखेती गर्ने तालिम दिएको थियो”, उनले भने, “त्यही तालिममा सहभागी हुने मौका पाए, तरकारीखेती गर्ने किसानको बारी अवलोकन गरे, त्यसपछि तरकारी खेतीमा संलग्न भए ।”

विद्यालयको मुखसम्म देख्न नपाएका महादेव व्यावसायिक तरकारीखेती गर्दा मलको मात्रा कति राख्ने, कुन जातको बीउ प्रयोग गर्ने, कुन बेला सिँचाइ गर्ने, कुन विषादी प्रयोग गर्ने, खेत तयार गर्ने कुरामा निपुण छन् । “बुबा, बाजेले अरू कहाँ कमैया बसेर कार्य गरे”, उनले भन, “मैले पनि कमैया बसेकै घरमा सानै छँदादेखि गोरु गोठाला भएर काम गरे, तेह्र वर्षको उमेरदेखि नै गोरु जोत्न थाले, विद्यालय जानुपर्छ भन्ने थाहै भएन ।” कमैया बसेकै बेला त्यही विवाह भएको उनी बताउँछन् । 

कमैया मुक्तिको घोषणापछि सरकारले पुनः स्थापना गराउँदा यहाँ आएर बसेपछि कमाउने साधन नहुँदा केही दिन ज्याला मजदुरीमा काम गर्नु परेको उहाँ विगत सम्झिँदै बताउँछन् । गैरसरकारी संस्थाहरूले सञ्चालन गरेको तरकारीखेती सम्बन्ध तालिम लिएपछि अरू कार्य छाडेर तरकारीखेती गर्न थाले त्यसपछि पैसाका लागि कसैसँग हात थाप्नु नपरेको उनको भनाइ रहेको छ ।

महादेवकै जस्तै नौखरीका मिसालु चौधरी, विपदराम चौधरी, फुलमती चौधरी र जगत डगौराले व्यावसायिक तरकारीखेतीलाई निरन्तरता दिँदै आएका छन् । तरकारीखेतीको कमाईले परिवारको खर्च सहज रूपमा चल्ने गरेको जगत डगौरा बताउँछन् । तरकारीखेती गर्ने सबै जनाको आर्थिक अवस्था सुदृढ हुँदै गएको छ । व्यावसायिक तरकारी खेतीमा लागेका मुक्त कमैया परिवार भन्छन् “बजारको व्यवस्थापनसँगै अनुदानका कार्यक्रम गरिखानेसम्म पुर्‍याइनुपर्छ ।” 

प्रतिक्रिया दिनुहोस