८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा

अ+ अ-

काठमाडौँ । नेपाल महर्षि वैदिक फाउन्डेसनले यही कात्तिक २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने अतिरुद्र विश्वकल्याण विराट महायज्ञको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नेपालमै पहिलो पटक १ हजार १११ जना आचार्य तथा वैदिक पण्डितबाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागी हुने आयोजकले अनुमान गरेको छ । महायज्ञको औपचारिक उद्घाटन वैदिक गुरुहरुद्वारा कात्तिक २१ गते बुधबार बिहान शोभायात्रालगत्तै हुने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका अनुसार भद्रकाली मन्दिरबाट मौलिक नेपाली झाँकी तथा १०८ शंखघण्टसहित सुरु हुने शोभायात्रा शहीदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर उद्घाटन समारोहमा टुंगिनेछ ।

महायज्ञ आयोजक समितिकी सदस्य एवं प्रचार विभाग प्रमुख समीक्षा बाँस्कोटाले नेपालीहरू आफैँले कर्ता बनेर नेपालको शान्ति र समृद्धिको कामना गर्दै सम्पन्न हुने महायज्ञका दौरान भावातीत ध्यान तथा सिद्धि कार्यक्रम, प्रांगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान महासम्मेलन, भागवत कथा वाचनलगायतका कार्यक्रम पनि गरिने बताइन् ।

महायज्ञलाई सफल बनाउन ७७ वटै जिल्लाबाट वैदिक गुरु तथा बटुकहरू काठमाडौं आइपुगेको उनले जानकारी दिइन् ।

सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवका अवसरमा नेपाल महर्षि वैदिक फाउन्डेसनले आयोजना गरेको विराट महायज्ञमा इच्छुक जोकोही सहभागी हुनसक्ने आयोजकले जनाएको छ । महायज्ञका लागि भृकुटीमण्डप परिसरमा हवनस्थल, वाचनस्थल, योगस्थल, सचिवालय, ५० वटा प्रांगारिक कृषि स्टल, सचिवालय, विश्रामस्थल, मिडिया सेन्टर, भोजनस्थललगायतको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस