६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भौतिक मन्त्री राईले पाए कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिइएको छ ।

आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै खोरेत रोग नियन्त्रण आयोजना सञ्चालनसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्र संघीय प्रारूप महासन्धिको पक्ष राष्ट्रहरूको बैठक (कोप-२९) मा पर्यटन वन तथा वातावरण मन्त्री षडानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १०औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

यसअघि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीलाई दिइएको थियो । मन्त्री अधिकारीले आजै राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस