१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक कोदो खेतीतर्फ आकर्षित हुँदै बराहक्षेत्रका किसान

अ+ अ-

सुनसरी । बराहक्षेत्र नगरपालिका-६ का अधिकांश किसान कोदोखेतीमा आकर्षित भएका छन्। धान र मकै लगाउने खेतबारीमा उनीहरूले कोदो लगाएका छन्।

स्थानीय अम्मरबहादुर विश्वकर्माले अरु बालीको तुलनामा कोदोखेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने भएकाले यसतर्फ आकर्षित भएको बताए। ‘१७ वर्षदेखि कोदोखेती गर्दै आएको थिएँ। पछिल्लो समय यसैबाट घर खर्च पुग्ने गरी यही खेती गरिरहेको छु। व्यावसायिक रूपमा उत्पादन शुरु गरेपछि सन्तोषजनक आम्दानी भइरहेको छ’, उनले भने। 

कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आकर्षित भइरहेको उनले सुनाए। विश्वकर्माका अनुसार कोदोबाट कतिपय किसानले घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गरेर लाखौँ आम्दानी गरिरहेका र त्यो नगर्नेहरूले पनि पारिवारिक उपभोग तथा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्। 

अर्का किसान शान्ता घिमिरेले पनि मकै र धान खेतीमा जोड दिन छोडेर आफू पनि कोदो खेतीमा लागेको सुनाइन्। ‘धान र मकैमा जत्ति दुःख गरिन्छ, त्यसअनुसार उत्पादन हुँदैन। रोग, किरा लागेर कहिलेकाहीँ मेहनत त्यसै खेर जान्छ तर कोदोमा खासै त्यस्तो हुँदैन। पछिल्लो समय रोग लागेको छैन, उत्पादन राम्रो भएको छ’, उनले भनिन्, ‘त्यसैले आम्दानी राम्रै हुने गरेको छ। एक कठ्ठा जग्गामा एक सय २० किलोग्रामभन्दा बढी उत्पादन हुने गरेको छ। बिक्रीका लागि समस्या पनि हुँदैन। स्थानीय बजारलगायत इनरुवा, इटहरी, धरानमा बिक्रीका लागि पठाउने गरेकी छु।’

किसान नारायण विकले पनि १६ कठ्ठा जग्गामा कोदोखेती गर्दै आएका छन्। उनी पनि मकै, धानलगायत खेती लगाउन छोडेर कोदोखेतीमा लागेको पाँच वर्षभन्दा बढी भयो। ‘कोदोखेतीबाट राम्रो आम्दानी भइरहेको छ’, उनले भने, ‘कोदो बिक्रीका लागि इनरुवा, इटहरी, धरान जाने गरेको छु।’

बराहक्षेत्र-६ मा मात्र १५ परिवारभन्दा बढी कोदोखेती गर्ने किसान छन्।  सुनसरीमा हाल ४५८ हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए। उनका अनुसार पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या समग्रमा घट्नै गएको र त्यसले मूल्य वृद्धि हुँदा हाल यसमा लागेका किसानले राम्रो आम्दानी गरेको छ। ‘कोदोमा ढुसीजन्य रोग लागेन भने सुनसरीमा कोदोको उत्पादन राम्रो हुने गरेको छ। पछिल्लो समय कोदोबाट विशेष गरी  घरेलु मदिरा, तोङ्बा र पिठो बनाएर प्याकेजिङ गरेर बिक्री गर्ने गरेकाले राम्रो आम्दानी भइरहेको हो’, सूचना अधिकारी श्रेष्ठले भने।  

धरान उपमहानगरपालिकाका वडा नं ४, ५, ६ र २० र बराहक्षेत्र नगरपालिकाका वडा नं १, ६ र ५ लगायतका ठाउँमा बढी कोदोखेती हुने गरेको छ। कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, टिप्टोफेन, एन्टिअक्सिडेन्टलगायतका थुप्रै तत्त्व पाइनाका साथै कोदोको पिठोको प्रयोगले मुटुसम्बन्धी रोग नियन्त्रणसँगै पेटलाई स्वास्थ्य बनाउने भएकाले यसलाई राम्रो बाली मानिन्छ।

प्रतिक्रिया दिनुहोस